• भरतपुर रोटरीद्धारा छात्रबृत्ति प्रदान


    सन्तोष देवकोटा
    भरतपुर/रोटरी क्लव अफ भरतपुरले कोरोना संक्रमणको वावजुद भौतिक दुरी कायम गरि औपचारिक कार्यक्रमका विच उत्कृष्ठ विद्यार्थीहरुलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ भरतपुरले रोटरी टि.ई.ए.सि.एच. कार्यक्रम अन्तर्गत भरतपुर ११ स्थित श्री जखडीमाई आधारभूत विद्यालयमा शैक्षिकसत्र २०७७ को बार्षिक परीक्षामा कक्षा १ देखि ५सम्ममा प्रथम हुने प्रत्येक विद्यार्थीलाई जनही पाँच हजार नगद छात्रबृत्ति प्रदान गरेको हो ।
    सो विद्यालयका बिद्यार्थीहरुमा लगनशिलता, प्रतिस्पर्धी र हौसला बढाई शैक्षिकस्तर बृद्धीमा सघाउ पु¥याउने उद्धेश्यले ’रोटरी भरतपुर–हरिप्रसाद÷गीता सुवेदी सन्तती छात्रबृत्ति कोष, २०७७’ गत बर्ष स्थापना गरी उक्त छात्रबृत्ति प्रदान गरिएको हो । सो छात्रबृत्ति रोटरी क्लब अफ भरतपुरका पूर्ब अध्यक्ष हरिप्रसाद सुवेदीले आफ्ना सन्तती कृपेशबाबु सुवेदी, प्रीज्मा पौडेल र प्रजिस पौडेलको नामबाट उक्त विद्यालयमा ५ बर्षसम्म कक्षा एकदेखि ५ सम्म प्रथम हुने विद्यार्थीका लागि स्थापना गर्नु भएको हो ।
    यस बर्ष पहिलो पटक उक्त विद्यालयका कक्षा एकदेखि पाँचसम्म प्रथम हुने क्रमश थिरुस तामाङ, राजेश पाण्डे, साहिल चौधरी, गृष्मा लामा र प्रसन्न लामाले नगद छात्रबृत्ति पाएका हुन् । रोटरी क्लब अफ भरतपुरका अध्यक्ष रेबन्त कुमार भट्टराई, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लेखनाथ पोखरेल, विद्यालयका प्रधानाध्यापक उपेन्द्रराज सेढाई, दाता एंव रोटरी क्लव अफ भरतपुरका पुर्व अध्यक्ष हरिप्रसाद सुवेदी र कृपेशबाबुका मावली हजुरबुबा पदमप्रसाद पौडेलले विद्यार्थीहरुलाई छात्रबृत्ति बितरण गर्नु भएको थियो ।
    छात्रबृत्ति बितरण कार्यक्रममा क्लबका पूर्व अध्यक्ष हरिदेवी शर्मा, प्रेसिडेण्ट ईलेक्ट राजेन्द्रकुमार पिया, दाता गीता सुवेदी, ज्योति सुवेदी पौडेल, सन्ततीहरु–कृपेशबाबु सुवेदी, प्रीज्मा पौडेल, प्रजिस पौडेल लगायतको उपस्थित रहेको थियो । रोटरी क्लब अफ भरतपुरले रोटरी बर्ष २०१९/२०२०देखि टिच कार्यक्रम अन्तर्गत सो विद्यालयमा शैक्षिक स्तर बृद्धीका लागि काम गर्दै आएको रोटरी क्लव अफ भरतपुरका सदस्य कृष्णहरि तिमल्सेनाले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt