• ग्राफिक मार्ग प्रालीले पायो आधिकारिक सेवा केन्द्रको अनुमती


    भरतपुर/कम्पनी दर्ता लगायतका काम गर्दै आएको भरतपुर–११ वाईपास रोड स्थित ग्राफिक मार्ग प्रा.लि.ले कम्पनी रजिष्टारको कार्यालयवाट आधिकारिक सेवाकेन्द्रको अनुमति पाएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले नेपालका जुनसुकै ठाउँका कम्पनीहरु दर्ता देखि खारेजी गर्ने सम्मका सम्पूर्ण कामहरु गर्नको लागि आधिकारिक सेवा केन्द्रको अनुमती पत्र (लाईसेन्स) दिएको हो ।
    सेवा केन्द्र स्थापनाको लागि धेरै संस्थाहरुले आवेदन पेस गरेकोमा ग्राफिक मार्ग प्रा.लि. लगायत २ वटा कम्पनीहरुको मात्र योग्यता पुगेकोले कम्पनी रजिष्ट्रार कार्यालयले उक्त लाईसेन्स प्रदान गरेको हो । हाल सम्म गरेका कम्पनी सम्बन्धी कामहरु र सञ्चालकहरुको आवश्यक कानुनी कागजपत्रहरु सहित पेस गरेको निवेदनको आधारमा अवश्यक जाँचबुझ गरी योग्य संस्थालाई मात्र कम्पनी रजिष्ट्रार कार्यालयले सेवा केन्द्रको अनुमती प्रदान गरेको छ । ग्राफिक मार्ग प्रा.लि. सहित अब कम्पनी रजिष्टार कार्यालयको नेपालभर जम्मा १९ वटा सेवा केन्द्र रहेका छन् ।
    ग्राफिक मार्ग प्रा.लि. कम्पनी रजिष्टारको कार्यालयमा गत २०७५ फागुन २७ गते दर्ता भई २०७६ बैशाख ४ गतेबाट कम्पनी दर्ता सम्बन्धी कामहरु औपचारिक रुपमा सुरुवात गरेको थियो । २ वर्षको अन्तरालमा हाल सम्म २४८ वटा नयाँ कम्पनी दर्ता र १६३ वटा पुराना कम्पनी तथा कर भ्याट सम्बन्धी कामहरु गरिसकेको ग्राफिक मार्ग प्रा.लि. ले आगामी आ.व. मा झण्डै २४० वटा नयाँ कम्पनी दर्ता २७५ वटा पुराना कम्पनीहरुको काम गरि सेवा प्रदान गर्ने लक्ष्य लिएको प्रबन्ध निर्देशक जनक खड्काले बताउनुभयो ।
    हाल प्रदान गरेको सेवा केन्द्र ग्राफिक मार्ग प्रा.लि.को सहकार्यमा यो कोरोनाको माहामारी साम्य भए लगतै बागमती प्रदेश भित्रका सम्पूर्ण कम्पनी सञ्चालकहरुलाई समेट्ने गरी चितवनमा कम्पनी दर्ता, देखि खारेजी सम्मका कम्पनी सम्बन्धी जानकारी तथा लगानीकर्ता संरक्षण कोष सम्बन्धी जानकारी दिने उदेश्यले विशेष कार्यक्रम आयोजना गरिने कम्पनी रजिष्ट्रार कार्यालका रजिष्ट्रार प्रदिपराज अधिकारीले जानकारी दिनुभयो । कम्पनी सम्बन्धी सेवालाई छिटो छरितो र भरपर्दो रुपमा प्रबाह गर्नको लागि, नेपालका जुनसुकै ठाउँका कम्पनीहरु दर्ता गर्न तथा कम्पनी सम्बन्धी पुराना कामहरु समेत गर्नको लागि चितवनको ग्राफिक मार्ग प्रा.लि.को योग्यता पुगेकोले कम्पनी रजिष्ट्रार कार्यालयको सेवा केन्द्र सञ्चालनको लागि अनुमती दिएको उहाँको भनाई थियो ।
    कम्पनी रजिष्ट्रार कार्यालयले सेवा केन्द्र सञ्चालनको लागि ग्राफिक मार्ग प्रा.लि. ले हाल सम्म गरेको कम्पनी सम्बन्धी काम र कानुनी कागजपत्रहरुको आधारमा विश्वास गरेर आधिकारिक सेवा केन्द्रको लाईसेन्स प्रदान गरेपछि आफुहरुमा झन धेरै जिम्मेवारी बढेको साहयक ब्यवस्थापक लक्ष्मी पोख्ररेलले वताउनु भयो । कम्पनी रजिष्ट्रार कार्यालय काठमाण्डौबाट हुने कम्पनी सम्बन्धी सम्पुर्ण कामहरु गर्नुको साथै, आन्तरिक राजश्व कार्यालयबाट हुने कर भ्याट सम्बन्धि काममा कम्पनी सञ्चालहरुलाई सहजिकरण गरिदिने र लेखा सम्बन्धी सम्पूर्ण कामहरु समेत गर्दै आएको ग्राफिक मार्ग प्रा.लि.ले विभिन्न किसिमका आकर्षक डिजाईन, साधा तथा रङ्गीन छपाई, भिजिटिङ कार्ड छपाई, क्यालेण्डर छपाईलगायत छपाई सम्बन्धि सम्पुर्ण काम गर्दै आएकोमा यसै आ.व. देखि ग्राफिक मार्ग प्रा.लि.को नेतृत्वमा प्रेस (छापाखाना) समेत सञ्चालन गर्ने तयारीमा रहेको साहयक ब्यवस्थापक पोख्रेलले बताउनुभयो । चितवनको भरतपुरमा मुख्य कार्यालय रहेको ग्राफिक मार्ग प्रा.लि.ले दाङको बिजौरी, नवलपुरको कावासोती, धनुषाको जनकपुर, काठमाण्डौको त्रिपुरेश्वर र तनहुँको दमौलीमा समेत गरी ५ वटा सम्पर्क कार्यालयहरु सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएकोमा अब केहि समय पछि बुटवल र नेपालगञ्जमा समेत सम्पर्क कार्यालय स्थापना गरि सम्बन्धीत क्षेत्रका कम्पनी सञ्चालकहरुलाई सेवा दिने योजना समेत बनाएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt