नारायणी सेन्ट्रलको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

चितवन/लायन्स क्लब अफ नारायणी सेन्ट्रलको लायन वर्ष २०२१/२२ का लागि निर्वाचित कार्यसमितिका पदाधिकारीहरुको संयुक्त रुपमा पद हस्तान्तरण विहिवार एक कार्यक्रमकाबीच चितवनको दियालो फुडल्यान्डमामा सम्पन्न भएको छ । विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्डको पुर्ण रुपमा पालना गर्दै पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २ नेपाल अर्न्तगत क्यान्सर अवईरनेस कार्यक्रममका डिपुटि चिक तथा क्लवका चार्टर प्रिसिडेन्ट डांसीराम ढकालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई खादा, अबिर र लायन्स क्लबको पिन लगाई आउने कार्यकालका लागि बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स वर्ष २०२१/२२ का लागी निर्वाचित अध्यक्ष राम प्रसाद शर्माले समाज परिवर्तनको सवालमा लायन्सको भूमिकालाई थप उचाईमा पुऱ्याउन सदैव टिमलाई क्रियासील वनाई राख्ने वताउनु भयो । अध्यक्ष शर्माले समस्यामा परेका सबै वर्ग वा समुदाय लाई सहयोग गर्न नारायणी सेन्ट्रलले विगत १२ वर्ष देखि निरन्तरता दिईरहेको स्मरण गराउनु भयो । उहाँले अव नवलपुरको कावासोति नगरपालीका अर्न्तगत पिठौली क्षेत्र लाई लायन्स भिलेज घोषणा गर्दै त्यस क्षेत्रमा अवस्थीत पिछडीएको वर्ग बोटे, माझी, र मुसहर समुदायको पुर्नउत्थानको लागी कामगर्ने वताउनु भयो । कार्यकमममा लायन्स क्लव एरिया न ३ का रिजोन चियर पर्सनद्वय इन्दिरा पान्डे तथा दुर्गा लक्ष्मी श्रेष्ठ, त्यसै गरी क्लवका निवर्तमान अध्यक्ष तथा डिस्ट्रीक रिडिङ एक्सन प्रोग्राम म्याम्बर कृष्ण लामा, प्रथम उपाध्यक्ष अनन्त राज अधिकारी, सचिव शिब राज पौडेल, कोषाध्यक्ष मान बहादुर अधिकारी, लगाएतको उपस्थिति रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार