• भरतपुर रोटरीको राहत सामाग्री वितरण


    सन्तोष देवकोटा
    भरतपुर/सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लव अफ भरतपुरले वाढी प्रभावित क्षेत्रका वासिन्दाहरुलाई राहत सामाग्री वितरण गरेको छ । क्लवले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि पुर्वी चितवनको कालिका नगरपालिका वडा नं. १० र ११ का वाढि प्रभावित क्षेत्रका वासिन्दालाई खाद्यान्न लगायतका राहत सामाग्री हस्तान्तरण गरेको हो ।
    सिद्धि वजारमा आयोजित राहत विरण कार्यक्रममा ४९ घर परिवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको थियो । रोटरी क्लव अफ भरतपुरका अध्यक्ष राजेन्द्र कुमार पियाको अध्यक्षतामा भएको राहत सामाग्री हस्तान्तरण कार्यक्रममा कालिका नगरपालिका वडा नं. १० का अध्यक्ष दिल बहादुर गुरुङ र वडा नं. ११ का वडा अध्यक्ष कृष्ण बहादुर प्रजा विशेष अतिथी रहनु भएको थियो ।


    कार्यक्रममा वोल्दै विशेष अतिथी गुरुङले वाढि पहिरोको कारण घरवार विहिन भएका मानिसहरुलाई रोटरी क्लव अफ भरतपुरले गरेको सहयोग सराहनीय रहेको वतउनु भयो । अर्का विशेष अतिथी प्रजाले रोटरी क्लवको उक्त सहयोगले वाढि पहिरो प्रभावितहरुको छाकटार्न मद्धत गर्ने अपेक्षा व्यक्त गर्नुभयो । विशेष अतिथी द्धयले प्रकृतिक प्रकोपको क्षति न्यूनिकरणका क्षेत्रमा ध्यान दिनु आवश्यक रहेको वताउनु भयो ।
    सो अवसरमा वाढि प्रभावित ४९ घर परिवारलाई प्रति परिवार एक वोरा चामल, नुन, तेल, भुजा, सोयाविन मस्यौरा, दाल, भाँडाकुँडालगायतका राहत सामाग्री वितरण गरिएको हो । शिखर पोल्ट्री ग्रुप रत्ननगरको सहयोगमा भएको उक्त कार्यक्रममा क्लवका सर्भिस प्रोजेक्ट कमिटि चियर शालिग्राम शर्माले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो ।
    कार्यक्रममा रोटरी क्लव अफ भरतपुरका पुर्व अध्यक्ष जिवन कुमार श्रेष्ठ, निर्वाचित अध्यक्ष भोला जोशी, प्रेसिडेन्ट नोमिनि विवेक श्रेष्ठ, सदस्यहरु बद्रीनाथ पोखरेल, गोविन्द पौडेल, कृष्णहरि तिमल्सेना, राम बहादुर वस्नेत, विष्णु पौडेल, मधु प्रसाद पोखरेल, गंगा तिमिल्सिना, विकास श्रेष्ठ, कार्यालय सहायक विपिन नागिला, स्थानीय समाजसेवी सविता लामा, मिलन पाण्डे लगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt