• मानव अधिकार तथा शान्ति समाजको ध्यानाकर्षण


    भरतपुर/जिल्लामा पछिल्लो समय वढ्दै गएको अपराधिक घटना प्रति मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको गम्भिर ध्यानाकर्षण भएको छ । समाजले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय एक पछि अर्को गरि श्रृंखलाबद्ध रुपमा महिलाहरुको रहस्यमय मृत्यु भएको घटना प्रति ध्यानाकर्षण भएको जनाएको हो ।
    समाजका जिल्ला सभापति शम्भु राउतद्धारा जारी विज्ञप्तिमा यस्ता खालका अकल्पिनीय घटनाहरु समाजमा वढ्दै गएपछि आम महिलाहरुमा असुरक्षाको वातावरण सृजना भएको र अभिभावक एवं समाजलाई आतंकित वनाएको जनाईएको छ ।
    सुजिता भण्डारीको रहस्यमय मृत्यु प्रकरण यसको ज्वलन्त उदाहारण भएको वताउँदै विज्ञप्तिमा यस्तो अवस्थामा राज्य आम नागरिकलाई सुरक्षाको प्रत्याभुती दिन गम्भिर रुपले लाग्नुपर्ने वताईएको छ । साथै विज्ञप्तिमा आम नागरिकलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गर्दै जतिसक्दो छिटो घटनाको वास्तविकता वाहिर ल्याउन अनुरोध गरिएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt