• शक्ति युवा मञ्चको अध्यक्षमा थापा


    भरतपुर/भरतपुर १० स्थित शक्ति युवा मञ्चको अध्यक्षमा सुर्य बहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न मञ्चको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष न्यौपाने, उपाध्यक्षमा कृष्णचन्द्र लोहनी, सचिवमा हरिशंकर दाहाल, कोषाध्यक्षमा खगेन्द्रदत्त लोहनी निर्वाचित हुनु भएको छ ।
    यसैगरी समितिको सदस्यहरुमा केशवराज पौडेल, प्रदोष देवकोटा, केशव न्यौपाने, सुवास सुवेदी, वसन्त पोखरेल, सितल अधिकारी, इन्द्र अधिकारी, सविन भट्ट, ठाकुरदत्त लोहनी निर्वाचित हुनु भएको छ । मञ्चका अध्यक्ष सन्तोष देवकोटाको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनमा सचिव हरिशंकर दाहालले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष खगेन्द्रदत्त लोहनीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
    कार्यक्रममा वोल्दै निवर्तमान अध्यक्ष देवकोटाले सम्पुर्ण कार्यसमितिलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने नवनिर्वाचित अध्यक्ष थापाले मञ्चको चौतर्फि विकासको लागि सदैव प्रयासरत रहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । शनिवारै सम्पन्न नयाँ कार्यसमितिको पहिलो वैठकले सात सदस्यीय संचालक समिति समेत गठन गरेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt