• नेपालमै पहिलो पटक महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित बिदाइ


    भरतपुर/भरतपुर महानगरले नेपालमा नै पहिलो पटक ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाइ नगद सहित बिदाइ गरेको छ । लामो समय देखि महिला स्वास्थ्य स्वयंसेविका भएर महिला दिदीबहिनीको स्वास्थ्यका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै भरतपुर महानगरले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद ५० हजार सहित प्रमाण पत्र र खादाले सम्मान गरेको हो । नगरमा कार्यरत २ सय ७ महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्येबाट महानगरको मापदण्ड पुरा गरेका ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद सहित महानगरले औपचारिक कार्यक्रमका विच सम्मान र बिदाइ गरेको हो ।
    कार्यक्रममा वोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विगत ३५ वर्ष भन्दा पहिले देखि लगातार सेवामा रहनुभएका आमा तथा दिदिहरुलाई खालिहात पठाउन मनले नमानेपछि महानगरपालिकाले नीति बनाएर ऐन र कानुनमा टेकेर उनीहरुका लागि नगद सहित सम्मान र बिदाई गरिएको वताइन् । सधै सेवामै खटिने आमा तथा दिदिहरुका लागि ५० हजार नगद खास ठुलो नभएपनि महानगरले नमुना कामको थालनी गरेको र आगामी दिनमा महिला स्वास्थ्य स्वयंसेविकाको हितमा महानगर निरन्तर लाग्ने दाहालले बताइन् ।
    सो अवसरमा भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले निस्वार्थ रुपमा समाजमा काम गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गर्न पाउदा खुसि लागेको बताइन् । सेवाबाट अवकास लिएपनि आउने नयाँ पुस्तालाई आफ्नो ज्ञान दिन र आवश्यक परेका बेला समाजमा सेवा गरिरहन उनले आग्रह गरिन् ।


    सो अवसरमा महानगरका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले निस्वार्थ भावले लामो समयसम्म काम गरेका महिला आमा तथा दिदीबहिनीलाई सम्मान गर्नु आफैमा सार्थक कामको सुरुवात भएको बताए । आगामी दिनमा पनि महिला स्वास्थ्य स्वयंसेविकालाई कसरी सहयोग गर्न सकिन्छ त्यता तर्फ आफुहरुको ध्यान जाने उनको भनाई छ । त्यस्तै भरतपुर महानगर प्रवक्ता अरुण पीडित भण्डारीले निस्वार्थ भावनाले आफ्नो कर्मलाई सधै शिरमा राखेर जनताको सेवामा समर्पित भएर हिड्ने स्वास्थ्य स्वयंसेविका प्रति आफुहरु निकै खुसि भएको बताए । महिला स्वास्थ्य स्वयंसेविकाको योगदान समाजमा उच्च रहेको उनको भनाई थियो ।
    भरतपुर महानगर २१ का अध्यक्ष चित्रसेन अधिकारीले महानगरले राम्रो कामको सुरुवात गरेको र आगामी दिनमा पनि यस्ता कामले निरन्तरता पाउने बताए । यसैविच, स्वास्थ्य स्वयंसेविका सञ्जाल भरतपुर महानगर अध्यक्ष सुभद्रा श्रेष्ठले महानगरले आफुहरुका समस्या समाधानमा ध्यान दिएको र आगामी दिनमा पनि थप सहयोग हुने कुरामा आफुहरु धेरै आशावादी रहेको बताइन् । भरतपुर महानगर वडा नम्वर २७ की महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी भुषालले महानगरले नगद सहित सम्मान गरेपछि आफुलाई निकै भाग्यमानी महशुस गरेको बताइन् ।
    भरतपुर महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले महानगरमा कार्यरत २ सय ७ जना मध्ये पछिल्लो कार्यबिधिमा उल्लेख्य भएको व्यवस्था अन्तर्गत आफुहरुले ३६ जनालाई बिदाइ गर्ने योजना अनुसार नगद सहित सम्मान गरेर बिदाइ गरेको बताए । भरतपुर महानगर जनस्वास्थ्य प्रवर्धन शाखाका निमित्त प्रमुख सुर्य तिवारीले मातृ मृत्युदर र बाल मृत्युदर घटाउन स्वास्थ्य स्वयंसेविकाको भुमिका महत्वपुर्ण रहेको बताए । ४५ सालदेखि राज्यले स्वास्थ्य स्वयंसेविका नियुक्ति गर्ने र परिचालन गर्ने योजना बनाएको र त्यही कार्यक्रम अन्तर्गत महानगरमा पनि महिला दिदीबहिनीहरुले निरन्तर काम गरिरहेको उनले बताए ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt