• गित


    बालकृष्ण खनाल

    निन्द्रामा नि तिम्रै नाम लिई, बोलाएँ रे राति
    दिनमा पनि टोलाएँ रे, भन्छन् संगी साथी ।
    के के गर्याै कसो गर्याै, चलायौ के जादू
    लाग्छ मलाई कता कता, मन छैन काबू ।

    हेर्दा खासै लाग्दैन खै, के पो भाको छु र
    गको पनि छैन कहिँ म, तिमी भन्दा दुर ।
    हिजो जे थ्येँ आज त्यै छु, कस्ले देख्यो भिन्नै
    साँच्चै भाछु फरक कि त, सकेनौ खै चिन्नै ।

    निन्द्रामा खै के के गरेँ, कसरी म जानुँ
    दिनमा त्यसै व्यस्त थिएँ, अरू के म ठानुँ ।
    पत्तै नपाई आँफैले नि, भाको छु कि केही
    लौन लौन जान्या भए, वताईदेउन कोही ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt