• महानगर प्रमुखद्धारा मेनरोड सडक निरिक्षण


    भरतपुर/भरतपुर महानगरपालिका वडा नं. १ मा अवस्थित मेनरोडको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले निरिक्षण गर्नु भएको छ । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठ, संघका पदाधिकारी, संघका पूर्व अध्यक्ष, मेनरोडका वासीन्दा, महानगरपालिका वडा नं. १ का वडाध्यक्ष जयराम श्रेष्ठ, वरिष्ठ इन्जिनियर भरत आचार्य लगायतको टोलीले सडकको निरिक्षण गरेको हो ।
    निरिक्षण कार्यक्रम पूर्व सडकको स्तरोन्नती सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको थियो । छलफल कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठले चितवन जिल्लाको ऐतिहांसीक एवम् व्यवसायीक हिसावले निकैनै महत्वपूर्ण रहेको मेनरोडको विस्तार तथा विकासले समग्र जिल्लाको सामाजिक एवम् आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने धारणा ब्यक्त गर्नुभयो ।
    छलफल कार्यक्रममा अध्यक्ष श्रेष्ठले यसको स्तरोन्नतीका लागि विलम्ब नगरी काम शूरु गर्ने व्यवस्थाका लागि महानगर प्रमुख संग अपिल गर्नुभयो । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मेनरोडको स्तरोन्नतीको कार्यको लागि प्रक्रिया अगाडि वढि सकेको र आर्थिक बर्ष २०७८÷२०७९ को पहिलो चरणबाटनै काम शुरु हुने बताउनु भयो ।


    उहांले सडकको स्तरोन्नती संगसंगै नेपालमै प्रथम पटक सो क्षेत्रमा विद्युतको तार अन्डरग्राउन्ड समेत गर्न लागिएको बताउनु भयो । कार्यक्रममा वडा नं. १ का अध्यक्ष जयराम श्रेष्ठले वडाले सडकको विकास र विस्तारका लागि सहयोग गर्ने बताउनु भयो । सोही कार्यक्रममा भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर भरत आचार्यले सडकको प्राविधक पक्षको वारेमा जानकारी गराउनु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt