• होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग


    भरतपुर/होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितवनले जिल्ला स्थित होटल तथा रेष्टुरेन्ट संचालक र कर्मचारीलाई तत्काल कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । संघले आइतबार चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाउँदै कोभिड विरुद्धको खोप माग गरेको हो ।
    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष ज्योतिप्रसाद कँडेलद्धारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा अग्रपंतिमा रहेका होटल व्यवसायी र कर्मचारीहरुलाई प्राथमिकता राखी छिटो भन्दा छिटो कोभिड–१९ बिरुद्धको खोप उपलब्ध गराईदिन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराईएको छ ।
    होटल व्यवसायीहरुलाई कोभिड विरुद्धको खोप उपलव्ध गराउने सवालमा स्थानीय पालिकाहरुले ध्यान नदिएको वताउँदै विज्ञप्तिमा आन्तरिक तथा बाह्य पर्यटकको प्रत्यक्ष सेवा गर्नुपर्ने होटल तथा रेष्टुरेन्ट व्यवसायी र होटल व्यवसायमा कार्यरत कर्मचारीहरुलाई समयमै खोप उपलब्ध नगराए कोरोना संक्रमण फेरि फैलिने संभावना रहेको जनाइएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt