• खोप उपलब्ध गराउन होटल व्यवसायी संघ चितवनको माग


    भरतपुर/सरकारले विभिन्न क्षेत्र र उमेर समुहका मानिसहरुलाई कोरोना विरुद्धको खोप दिईरहेको अवस्थामा होटल व्यवसायी संघ चितवनले व्यवसायीलाई खोपको व्यवस्था गर्न माग गरेको छ । होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ, महासचिव गोपाल श्रेष्ठ, सचिव राम बहादुर गुरुङलगायतको होटल व्यवसायीको टोलीले सोमबार प्रमुख जिल्ला अधिकारीलाई पत्र वुझाउँदै कोरोना विरुद्धको खोप माग गरेको हो ।
    कोरोना संक्रमण नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउन दिन प्रतिदिन खुकुलो भएसंगै होटल व्यवसाय संचालनमा आए पनि होटल व्यवसायी र कर्मचारीहरुलाई खोपको व्यवस्था नहुँदा कोरोना संक्रमणको जोखिम वढेकोले खोपको मागसहित प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराईएको संघका अध्यक्ष दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
    होटल व्यवसाय संचालन भएसंगै आन्तरिक तथा वाह्य पर्यटकको स्वागतमा सुरक्षा मापदण्ड पुरा गरेर मात्र नहुने वताउँदै संघका अध्यक्ष श्रेष्ठले होटल व्यवसायीका कारण संक्रमण फैलिन नदिन पनि खोप अपरिहार्य रहेको वताउनु भयो । कोरोना संक्रमण र लकडाउनले पर्यटन क्षेत्रको महत्वपुर्ण पाटोको रुपमा रहेको होटल व्यवसाय सबैभन्दा वढि मारमा परेको वताउँदै संघका महासचिव गोपाल श्रेष्ठले होटल संचालन हुन थालेपछि होटल, रेष्टुरेन्ट, पार्टीप्यालेस, रिसोर्ट, गजल, दोहोरी साँझका संचालक एवं कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाउने सवालमा राज्यले उच्च प्राथमिकता दिनुपर्ने वताउनु भयो ।
    होटल व्यवसायी संघ चितवनका सचिव राम बहादुर गुरुङले कोरोना विरुद्धको खोप उपलव्ध गराउने सावलमा राज्यले प्राथमिकता नदिएकोमा आपत्ति व्यक्त गर्दै समृद्ध मुलुक निर्माणको लागि पर्यटन र होटल व्यवसायको महत्वपुर्ण भुमिका हुने भएको हुँदा राज्यले सोहि अनुरुप हेर्नुपर्ने वताउनु भयो । होटल व्यवसायी र होटलमा कार्यरत कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप नलगाउँदासम्म सुरक्षित पर्यटनको संभावना नरहेको सचिव गुरुङको भनाई थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt