• भरतपुर १० द्धारा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल हस्तान्तरण


    भरतपुर/भरतपुर महानगरका अगुवा महिलाहरुले भरतपुर महानगरमा प्रमुख उपप्रमुख र प्रवक्ता लाई आगामी कार्यकाल पनि आफुहरुले निरन्तरता गराउन चाहेको बताएका छन् । आफुहरुले पार्टीको झण्डा भन्दा माथि उठेर उनीहरुलार्ई बिजयी बनाउन अगाडी बढ्ने महिलाहरुले अठोट प्रकट गरेका हुन् । भरतपुर महानगरमा आशा गरिएभन्दा बढि विकास हुनुमा तिनै जनाको उचित समन्वय र सबै जनप्रतिनिधि र कर्मचारीको सक्रियताको परिणाम भएको भन्दै उनीहरुले आगामी कार्यकाल पनि मेयर रेनु दाहाल उपमेयरमा पार्वति शाह र प्रवक्तामा अरुण पिडित भण्डारी सहितको टिम नै आफुहरुले देख्न र त्यही टिमसंग काम गर्न चाहेको बताएका हुन् । भरतपुर महानगर वडा नम्वर १० की अगुवा महिला तथा ओम शान्ति टोल विकास संस्थाकी सचिव शान्ति घिमिरेले महिलाहरुले यहि अहिलेकै नेतृत्वलाई अझै एक कार्यकाल देख्न चाहेको बताइन् ।
    नागरिकका जुनसुकै सानो भन्दा सानो समस्या पनि सहज रुपमा सुनुवाई गर्ने र सामान्य भन्दा सामान्य नागरिकले सहजै प्रमुख उपप्रमुख संग आफना कुरा राख्न सक्ने भएकाले यहि टिम नै आफुहरुले निरन्तरता चाहेको अगुवा महिलाहरु बताउछन् । भरतपुर महानगर वडा नम्वर १० ले आयोजना गरेको महिला स्वास्थ्य स्वयंसेविकाकाहरुका लागी आयोजित साईकल वितरण कार्यक्रममा सहभागि महिला स्वास्थ्य स्वयंसेविकाका तथा सामाजिक अगुवा महिलाहरुले महानगरले विकासमा धेरै फड्को मारेको दावी गरे ।
    भरतपुर महानगर १० नहर चोककी महिला स्वास्थ्य स्वयंसेविका सरस्वती रिमालले मेयर रेनु दाहाल उपमेयर पार्वती शाह ठकुरी र वडा अध्यक्ष एवं प्रवक्ता अरुण पीडित भण्डारी सहितको टिमले गरेको कामबाट आफुहरु धेरै खुसि भएको बताइन् । महानगरले महानगरमा राष्ट्रिय गौरवका आयोजना देखि नगर विकास र नगरवासीको आर्थीक उन्नतीका लागि प्रयाप्त कामहरु गरेको र अहिले कोही नागरिकले असन्तुष्टि व्यक्त गर्नुपर्ने अवस्था नरहेको उनको भनाई छ । वडाले महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि नगरवासीको घरदैलोमा जान सहजताका लागि साइकल वितरण गरेर आफुहरुलाइ थप उर्जा प्रदान गरेको भन्दै महानगर र वडा कार्यलय प्रति आभार प्रकट गरिन् ।
    भरतपुर महानगरपालिका वडा नम्वर १० ले १० मा कार्यरत १३ जना महिल स्वास्थ्य स्वयंसेविकाका सहित कार्यालयमा कार्यरत दुई जना कर्मचारी टंक पन्थी र खडानन्द उपाध्यायलाई साइकल प्रदान गरेर सम्मान गरेको हो ।
    नागरिककको घरघरमा स्वास्थ्य सचेतना प्रदान गर्न जानु पर्ने महिला स्वास्थ्य स्वयंसेविकाका लागि सहजता प्रदान गर्न वडाको बजेट बाट उनीहरुका लागि साइकल प्रदान गरिएको वडा अध्यक्ष एवं महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले बताए । वडामा एक कायक्रम गरि महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरी र वडा अध्यक्ष भण्डारीले साइकल हस्तान्तरण गरेका हुन् ।
    महानगरमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुको मनोबल विकास गर्न महानगरले निरन्तर काम गरिरहेको र अहिले पनि बडामा कार्यरत महिला स्वयंसेविकालाई साइकल प्रदान गर्न पाउदा धेरै खुसि लागेको महानगर प्रमुख रेनु दाहालले बताइन् । मेयर दाहालले आफुहरुले महानगर वासीको विकासको चाहाना पुरा गर्दै देशकै गौरव गर्न लाएक महानगर बनाउने अभियानमा निरन्तर लागि रहेकोे पनि बताइन् ।
    उपमेयर पार्वती शाह ठकुरीले महानगरले विकासमा धेरै फड्को मारेको दावी गरिन् । आफुहरु अहिले सम्म निस्वार्थ भावनाले निरन्तर समुन्नत महानगर बनाउने अभियानमा सक्रिय भएको र कोही पनि नागरिकले गुनासो रहने ठाउँ नराखी काम गर्ने दाबी गरिन् । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रवत्ता अरुण पीडित भण्डारीले आफु साडी नलगाएको महिला स्वास्थ्य स्वयंसेविका भएको भन्दै कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाको आत्मबल बनाउने प्रयत्न गरे । महिला स्वास्थ्य स्वयंसेविकाले गरेको र भोगेको दुख आफुलाई थाहा भएको बताउदै भण्डारीले आफु पनि स्वयंसेविका भएको तर साडी मात्रै नलगाएको बताएपछी एक छिन माहोल निकै रमाईलो समेत बन्यो । भण्डारीले महानगरको विकासमा महानगर प्रमुख दाहाल सहित आफुहरुको टिम निरन्तर लागेको र महानगरमा विकासले फड्को मारेको दावी गरे । अझै १ वर्षमा महानगरमा धेरै विकास हुने उनको भनाई छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt