• सञ्चारकर्मी खनालद्धारा खाद्यान्न सहयोग


    भरतपुर/समाजसेवी एवं सञ्चारकर्मी अनिता खनालले चितवनको कुसुमखोका प्रजा परिवारलाई खाद्यान्न सहयोग गर्नु भएको छ । नयाँ पत्रिकामा “चेपाङ बस्तीमा आगजनी ः राहतको आसमै बित्यो एक वर्ष” समाचार प्रकाशन भएसंगै उनीहरुलाई खाद्यन्न सहयोग मिलेको हो । मितेरी फाउण्डेशन नेपालकी उपाध्यक्ष समेत रहनु भएकी खनालले समाचार पढेर आफ्नो व्यक्तिगत खर्चमा चामल, नुन, तेल, दाल, मस्यौरा, आलु, चिउरा, दालमोठ, सलाई, सहित एक थान त्रिपल गरि ५ हजार एक सय रुपैया बराबरको सहयोग गरेकी हुन् । प्रकाशीत समाचारमा काजीमान प्रजा, उनकी श्रीमती नैनीमाया र पाँच वर्षकी छोरीले नुन, खुर्सानी र पानीसँग निस्तो भात खानुपर्ने बाध्यता उठाईएको थियो । चितवनकी खनालले फाउण्डेशन मार्फत सामाजिक कार्यमा समेत सक्रिय छिन् ।


    कुनै समय एक सय ६० भन्दा बढी चेपाङ समुदाय रहने यो गाउँमा अहिले प्रजा दम्पती मात्र बस्छन् । वसन्तपुर बजारदेखि दर्जन बढी पुल नभएका खोला र खोल्सासँगै घना जंगल कटेपछि माडी नगरपालिका–९ मा रहेको कुसुमखोला पुगिन्छ । वसन्तपुर बजारदेखि झन्डै १८ किलोमिटर मोटरबाटो हुँदै ४५ मिनेटको पैदल दूरीमा रहेको यो ठाउँमा वर्षामा खोला बढ्न्ने भएकाले पुग्न निकै कठिन छ । राहत लिन उनीहरुको परिवार माडी सदरमुकाम आएका थिए । माडी १ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेल मार्फत राहत हस्तान्तरण गरिएको हो ।
    गत वर्ष ३ साउनमा चितवन राष्ट्रिय निकुञ्जले चेपाङका घरटहरामा आगो लगाउँदै हात्ती लगाएर भत्काएपछि अन्य परिवार यहाँबाट विस्थापित भएका थिए । तर, काजीमान र नैनीमाया भने यहीँ छन् । १५ साउनमा सर्वोच्च अदालतले घरटहरा नभत्काउन, भत्केका घरको क्षतिपूर्ति दिन र चेपाङहरूका लागि बसोवासको व्यवस्था गर्न सरकारको नाममा आदेश दिएको थियो । तर, एक वर्ष बितिसक्दा पनि विपन्न चेपाङको आवाज र सर्वोच्चको आदेश सरकारले सुनेको छैन । विगतमा ६ कट्ठा जमिन पाइन्छ भनेर फारम पनि भर्न लगाइएको भएपनि लालपुर्जाविना खोलाको छेउमा एक कट्ठाका दिने भनेर हटाउन खोजिएकाले त्यसको विरोध गर्दै उनीहरु सो ठाउँ छाड्न मानेका छैन्न् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt