• नारायणगढमा गोरस ताजा तरकारी तथा फलफुल बजार संचालनमा


    सन्तोष देवकोटा
    भरतपुर/कृषि उत्पादनको बजार व्यवस्थापन गर्ने उदेश्यले युवाहरुको सक्रियतामा नारायणगढमा तरकारी तथा फलफुल बजार संचालनमा आएको छ । नारायणगण्का युवा व्यवसायीहरुले स्थापना गरेको गोरस एग्रो कर्पोरेशन प्रालीले गोरस ताजा तरकारी तथा फलफुल बजार संचालनमा ल्याएको हो । कृषकले लगानी अनुसारको मुल्य नपाउने र उपभोत्ताले उचित मुल्यमा कृषि उत्पादन नपाउने समस्याको समाधान गर्न नारायणगढ स्थित कमलनगर (नजरमान चोक)मा तरकारी तथा फलफुल बजार संचालनमा ल्याइएको प्रालीका प्रवन्ध निर्देशक गोपालमान श्रेष्ठले जानकारी दिनुभयो ।


    किसानलाई उत्पादन लागत अनुसारको मुल्य र स्थानीय उपभोत्तालाई सर्वशुलभ मुल्यमा ताजा तरकारी तथा फलफुल उपलव्ध गराउने सस्थाको मुख्य उदेश्य रहेको वताउँदै प्रवन्ध निर्देशक श्रेष्ठले यस्ता प्रकारका बजार भरतपुर महानगरका सबै वडामा विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । पछिल्लो समय कृषि व्यवसाय सवैभन्दा दिगो व्यवसायको रुपमा स्थापित भएको वताउँदै उहाले तरकारी तथा फलफुल बजारमा न्यून भाडादरमा धमाधम स्टल बुकिङ भईरहेको वताउनु भयो ।
    फलफुल तथा तरकारी बजारमा २४ वटा व्यवसायीक सटरहरु रहेका छन् भने फलफुल र तरकारी विक्री वितरणको लागि ३२ वटा सुविधा सम्पन्न स्टलहरु रहेका छन् । हालैमात्र संचालन सुरु भएको उक्त गोरस ताजा तरकारी तथा फलफुल बजार छिट्टै एक औपचारिक कार्यक्रमको आयोजना गरि उद्घाटन गर्ने योजना रहेको प्रालीका प्रवन्ध निर्देशक श्रेष्ठले जानकारी दनुभयो ।


    तरकारी तथा फलफुल बजार संचालक सस्था गोरस एग्रो कर्पोरेशन प्रालीका अध्यक्ष गोविन्द पोख्रेलले नारायणगढ क्षेत्रमा वढ्दै गएको अव्यवस्थित फुटपाथको व्यवस्थापन गर्ने योजना अनुरुप फलफुल तथा तरकारी बजार संचालनमा ल्याइएको जानकारी दिँदै बजारमा सिसि क्यामेरा कभरेज, पानी बिजुली इन्टरनेट, सुरक्षा गार्ड, प्रशस्त पार्किकको व्यवस्था लगायतका सुविधाहरु रहेको जानकारी दिनुभयो ।
    प्रालीका संचालक सदस्य मिननारायण श्रेष्ठले उक्त फलफुल तथा तरकारी बजारले भरतपुर महानगरपालिकालाई फुटपाथ व्यवस्थापनमा सहयोग पुगेको वताउँदै युवाहरुको यस्तो काममा भरतपुर महानगरलगायत प्रदेश र संघीय सरकारको पनि सहयोगको आवश्यकता रहेको वताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt