• सगरमाथा सिमेन्ट अब २५ केजीको हाफप्याकमा


    काठमाण्डौं/विगत दश वर्ष देखि गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आईरहेको घोरही सिमेन्ट इन्डष्ट्रीले उपभोत्ताको माग र सहज आपुर्तिलाई मध्यनजर गर्दै सगरमाथा सिमेन्टको ओ.पि.सी सिमेन्टमा २५ के.जि.को हाफप्याक बजारमा ल्याएको छ । घोराही सिमेन्ट इन्डष्ड्री नेपालको सिमेन्ट उद्योगमा अग्रणी उत्पादक भएको र यसका उत्पादनहरुका गुणस्तरतामा आफ्नो स्थान अन्य सिमेन्टहरु भन्दा अलगै दजार्मा कायम राख्दै आएको छ ।
    हालसालै कम्पनिले नेपालमै पहिलो पटक सिमेन्ट इन्डष्ट्रीमा अन्तराष्ट्रिय ख्यातिप्राप्त संस्था एनएबिएलबाट ल्याब सञ्चालनमा आधिकारीकता समेत प्राप्त गरेको छ । जसका कारण यस उद्योगले उत्पादन गर्ने यस २५ के.जी.को हाफप्याकमा समेत अन्तराष्ट्रिय स्तरको गुणस्तरता कायम राख्न कम्पनी सफल भएको छ ।
    यस २५ के.जी.का हाफप्याक बोरा वितरण प्रणालीमा सहज हुने र स–साना सिमेन्ट संग जोडिएका निमार्णका कार्यहरु गर्न सजिलो हुने भएकाले यो हाफप्याक सगरमाथा ओ.पि.सी. र सगरमाथा पि.पि.सी. सिमेन्ट गोल्ड जस्तै बजारमा धेरै लोकप्रिय हुने कुरामा कम्पनी पूर्ण विश्वस्त रहेको छ ।
    नेपालको भौगोलिक अवस्थाका कारण विकास र निमार्णमा काममा आवश्यक सामाग्रीहरु सजिलै एक ठाँउबाट अर्काे ठाँउमा लान निकै कठिन छ । विशेषत हिमाली क्षेत्रमा विकास निमार्णका कार्यहरु गर्दा निमार्ण सामाग्री ओसार पसारमै लागत तथा समयको बढि खर्च हुने भएकोले निमार्ण कार्य बढि खर्चिलो हुने गरेको छ । यसै कुरालाई मध्यनजर गर्दै घोराही सिमेन्ट इन्डष्ट्रीले सगरमाथा ब्राण्डका कम तौलका सिमेन्टका बोराहरु जसलाई ओसार पसार गर्न सहज र निमार्ण समेत कम खर्चिलो होस् भन्ने हेतुले यो २५ के.जी.को हाफप्याक सिमेन्ट बजारमा ल्याएको जानकारी कम्पनीले दिएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt