गजलः हुँदैन

बालकृण खनाल
भरतपुर, चितवन

मेरो दिन हुँदैन, मेरो रात हुँदैन
जब तिमीसँग, कुनै बात हुँदैन ।

म उदास हुन्छु, म उजाड हुन्छु
वृक्षमा जस्तै, कुनै पात हुँदैन ।

मेरो सफलताको अर्थ हुन्न केहि
जसमा तिम्रो कहिँ कुनै हात हुँदैन ।

नपाएसम्म सुन्न सञ्चो विसञ्चो के छ
खुशिमा पनि, म मा कुनै मात हुँदैन ।

मान या नमान, त्यो तिम्रै हो जिम्मा
नसंझी खाको एक छाक भात हुँदैन ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt