• ग्राफिक मार्ग प्रालीले ल्यायो फेष्टिवल अफर


    भरतपुर/भरतपुर ११ मा मुख्य कार्यालय रहि कम्पनी दर्ता सम्वन्धी काम गर्दै आएका ग्राफि मार्ग प्रालीले आफ्ना ग्राहकहरुलाई मध्यनजर गरि फेष्टिवल अफर ल्याएको छ । २०७५ साल फागुन २७ गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई २०७६ बैशाख ४ गतेबाट कम्पनी दर्ता सम्बन्धी कामहरु औपचारिक रुपमा सुरुवात गरेको ग्राफिक मार्ग प्रा.लि. ले सोमबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि अफरको बारेमा जानकारी गराएको हो । नेपालका जुनसुकै ठाउँका कम्पनीहरु नयाँ दर्ता, नविकरण, शेयर खरिद बिक्री, पुँजी बृद्धि, नामसारी, ठाउँसारी देखि खारेजी सम्मका सम्पूर्ण कामहरु गर्दै आएको जानकारी गराउँदै प्रालीका प्रवन्ध निर्देशक जनक खड्काले चाडपर्वहरुलाई मध्यनजर गर्दै यहि साउन ९ गते देखि कार्तिक ९ गते सम्मको लागि लागु हुने गरि ग्राहकमैत्रि फेस्टीवल अफर सञ्चालन गरेको जानकारी गराउनु भयो ।
    फेस्टिवल अफर अन्तर्गत अब २०७८ साउन ९ गते देखि कार्तिक ९ गते सम्म दर्ता हुने कम्पनीहरुको सेवा शुल्क रु.७९९९।– मात्र लाग्ने र यो अबधि भित्र दर्ता भएका कम्पनीहरु मध्येबाट गोलाप्रथाद्वारा प्रथम, द्वितीय र तृतीय गरि ३ प्रकारका उपहार प्रदान गरिने जानकारी दिँदै उहाले प्रथम उपहार अन्तरगत कम्पनी दर्ता गर्दा लागेको सेवाशुल्क रकम फिर्ता गरिने, दोस्रो उपहार ३ महिने विवरण पेश गर्दा लागेकोे रकम फिर्ता गरिने वा ३ महिने विवरण पेश गर्दा लाग्ने रकम निशुल्क हुने र तेस्रो उपहार आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने बताउनु भयो । यो उपहार योजनाको गोलाप्रथा २०७८ कार्तिक १२ गते सार्वजनिक कार्यक्रम गरि खोलिने उहाको भनाई थियो ।
    यसैगरी, ग्राफिक मार्ग प्रा.लि.लाई नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले नेपालका जुनसुकै ठाउँका कम्पनीहरु दर्ता गर्ने देखि खारेजी गर्ने सम्मका सम्पूर्ण कामहरु गर्नको लागि आधिकारिक सेवा केन्द्रको अनुमती पत्र (लाईसेन्स) प्रदान गरेको सो अवसरमा जानकारी गराईएको थियो । ग्राफिक मार्ग प्रा.लि.को नेतृत्वमा ११ जाना युवाहरु मिलेर ग्राफिक अफसेट प्रेस नामक छापाखाना समेत सञ्चालन गरिएको उक्त कार्यक्रममा जानकारी गराईएको थियो । प्रालीका सहायक व्यवस्थापक लक्ष्मि पोखरेल पौडेलले संचालन गर्नु भएको कार्यक्रममा संचालक सदस्य इन्द्र पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt