• घरभाडा छुट गरिदिन होटल संघ चितवनको आग्रह


    भरतपुर/होटल व्यवसायी संघ चितवनले होटल व्यवसायीका घरधनीहरुलाई भाडा छुट गरिदिन आग्रह गरेको छ । संघले पत्रमार्फत भाडामा होटल व्यवसाय संचालन भएका घरका घरधनीहरुलाई भाडा छुट दिन आग्रह गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहरका कारण होटल व्यवसाय धरासायी हुन पुगेको वताउँदै पत्रमा समस्यामा परेका होटल व्यवसायीलाई घरभाडा छुट गरि सहयोग गर्न घरधनीहरुलाई आग्रह गरिएको छ ।
    मुलुकमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले मिति २०७८ बैशाख १६ गते देखि लगाएको लकडाउनका कारण सवैभन्दा वढि पर्यटन क्षेत्र प्रभावित भएको वताउँदै संघका अध्यक्ष दिलकुमार श्रेष्ठद्धारा जारी अनुरोध पत्रमा लकडाउनले पर्यटन क्षेत्रको देरुदण्डको रुपमा रहेको होटल व्यवसाय पूर्ण रुपमा धरासायि हुने सम्भावना बढ्दै गएको वताईएको छ ।
    अझै कति समयसम्म यस्तै लकडाउन रहि रहने हो भन्ने पूर्व अनुमान गर्न सक्ने अवस्था छैन । त्यसैले यस्तो विषम परिस्थितीमा बाँचौं र बचाऔं भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्नु पर्दछ पत्रमा भनिएको छ– यस विषम परिस्थितिका कारण हाम्रा व्यवसायहरु पुर्ववत अवस्थामा संचालन गर्न सक्ने कुनै निश्चितता नभएकोले हाल होटल व्यवसाय संचालनको लागि आफ्नो घर भाडामा दिनुहुने सम्पुर्ण घरधनीहरुले प्रदान गर्नु भएको अभिभावबत्व प्रति होटल व्यवसायी संघ चितवन कृतज्ञता व्यक्त गर्दछौं ।
    साथै उत्पन्न विषम परिस्थितिमा लकडाउन अवधिको कम्तिमा ५० प्रतिशत घरभाडा छुट गरि सहयोग गरिदिनुहुन समेत सम्पुर्ण घरधनीहरुलाई अनुरोध गर्दै संघले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै आएको उद्योग वाणिज्य संघ चितवनलाई घरभाड छुट गराउने कार्यमा आवश्यक समन्वय र पहल गरिदिनु हुनसमेत अनुरोध गरेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt