गणेशधाम परिसरमा वृक्षारोपण


भरतपुर/नारायणगढ रोटरी क्लबले बुधबार एक कार्यक्रम बिच भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालको प्रमुख आथित्यतामा गणेशथानमा निर्मित गणेशधाम परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । रोट¥याक्ट क्लब अफ नारायणगढ, स्पाउज क्लब अफ आरसी नारायणगढ र फर्निचर उद्योग तथा फर्निसिङ व्यवसायी सङ्घ चितवनको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम भरतपुर महानगरपालिका, वडा नं २ का वडा अध्यक्ष पूर्णबहादुर श्रेष्ठ र वडा नं ११ का वडा अध्यक्ष बाबुराम अधिकारीको उपस्थितीमा गणेशधाम परिसरमा एक हजार बिरुवाहरू वृक्षारोपण गरिएको नारायणगढ रोटरी क्लबका अध्यक्ष अरुणकुमार खनालले जानकारी दिनुभयो ।
रोटरी अन्तर्राष्ट्रियको प्रमुख कार्यक्षेत्रहरू मध्ये वातावरण संरक्षण पनि एक रहेको र नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सातौँ स्थापना दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम गरिएको अध्यक्ष अरुणकुमार खनालले जानाकारी दिनुभयो । त्यसैगरी गणेशधाम सम्वद्र्धन समितिका संयोजक दिनेशकुमार चुकेले गणेशधाम परिसर भित्र दश हजार बिरुवाहरू रोपिने योजना भएको र आजबाटै सो कार्यलाई निरन्तरता दिने वताउनु भयो । कार्यक्रममा आयोजक संस्थाहरूको तर्पmबाट स्पाउज क्लब अफ आरसी नारायणगढका अध्यक्ष निरा श्रेष्ठ, रोट¥याक्ट क्लब अफ नारायणगढका अध्यक्ष प्रयास श्रेष्ठ, नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान, पूर्व अध्यक्ष चुननारायण श्रेष्ठ, निवर्तमान अध्यक्ष अनुकूल श्रेष्ठ लगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार