• महानगर प्रमुखलाई होटल व्यवसायी महासंघ नेपाल र चितवन जिल्लाको दुबै संघद्वारा ज्ञापनपत्र


    भरतपुर/केन्द्र तथा जिल्ला स्थित होटल व्यवसायीहरुको टोलीले विभिन्न मागसहित बुधबार भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाललाई ज्ञापन पत्र बुझाएको छ । होटल व्यवसायी महासंघ नेपालको नेतृत्वमा जिल्ला स्थित होटल व्यवसायी संघ चितवन र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका प्रतिनिधिहरुको टोलीले भरतपुर महानगर प्रमुखलाई ज्ञापन पत्र बुझाएको हो ।
    चितवनको पर्यटन प्रवद्र्धन र व्यवस्थित गर्न माग गर्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई ज्ञापन पत्र वुझाईएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला भित्र रहेका होटल तथा रेष्टुरेण्टहरूलाई व्यवस्थित र मर्यादिन वनाउन समन्वयकारी भुमिका खेल्न माग गर्दै ज्ञापनपत्रमा व्यवसायी हरूलाई कोभिड विरुद्धको भ्याक्सिन उपलव्ध गराउन माग गरिएको छ ।
    कोरोना संक्रमण र लकडाउनको कारण होटल व्यवसाय सवैभन्दा वढि प्रभावित भएको वताउँदै व्यवसायीहरुले घर भाडा ५०% छुटको समेत माग गरेका छन् । साथै विज्ञप्तिमा व्यवसायीक करमा छुटको माग गरिएको छ । साथै महानगरले छुट्टायको पर्यटन सम्बन्धिको बजेटले गुणस्तरीय पर्यटन पुर्बाधार निर्माण गर्नुपर्नेमा व्यवसायीको जोड थियो ।
    होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले होटल व्यवसायी र कर्मचारीहरुलाई पर्यटन प्रवद्र्धनको लागि विभिन्न किसिमका तालिमहरुको व्यवस्था गर्नुपर्ने र पर्यटन प्रवद्र्धनको लागि व्रोसर छपाई, पर्यटन मेला लगायतका काममा बजेटको व्यवस्थपन गर्न भरतपुर महानगरपालिकालाई आग्रह गर्नु भयो । महानगरपालिकाले होटल व्यवसायी महासंघ र जिल्ला स्थित विभिन्न होटल व्यवसायी संघहरुसंग आवश्यक समन्वय गरि पर्यटन प्रवद्र्धनका योजना वनाउन आग्रह गर्नुभयो ।
    ज्ञापनपत्र बुझ्दै मरतपुर महानगर प्रमुख दाहालले ज्ञापनपत्रमा उल्लेख भएका विषयहरु सकारात्मक रहेको वताउँदै व्यवसायीका समस्या समाधानमा महानगर प्रतिवद्ध रहेको वताउनु भयो । पर्यटन विना विकास असम्भव भएको वताउँदै उहाँले पर्यटन प्रवद्र्धनमा महानगरको विशेष जोड रहेको वताउनु भयो । ज्ञापन पत्र बुझाउन होटल व्यवसायी महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके, सल्लाहकारहरू राम प्रसाद सुवेदी, गोविन्द प्रसाद तिवारी, होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठ, सचिव राम वहादुर गुरूङ, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितवनका अध्यक्ष ज्योति प्रसाद कडेललगायतको उपस्थिति रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt