• आरआरएनद्धारा राहत सामाग्री हस्तान्तरण


    भरतपुर/ग्रामिण पुननिर्माण सस्था (आरआरएन) ले माडीका बाढी प्रभावितहरुलाई रहत वितरण गरेको छ । गत असार २४ गते रक्तेनी, मगोई, चितही र डाककंग्रे खोलामा आएको बाढी प्रभावित माडी नपा वडा नं १, २, ३ र ५ का ८० घरधुरीलाई राहत सामाग्री हस्तान्तरण गरिएको हो ।
    राहत सामाग्रीहरु माडी नगरपालिकामा नगर प्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख तारा कुमारी काजी महतो, वडा अध्यक्षहरु ईश्वरी प्रसाद ढकाल, पुरन प्रसाद महतो, रामबन्धु पोखरेल, नेपाल रेडक्रस सोसाईटी गर्दी र बघौडा उपशाखा सभापतिहरु हिरा ब. थापा र भगिरथ बस्याल, वडा सदस्य शिब कार्की, आरआरएन परियोजना संयोजक रबिन्द्र सिंह ठकुरीद्वारा कोभिड–१९ महामारी विरुद्व सावधानी अपनाउदै राहत सामाग्री हस्तान्तरण गरिएको हो ।
    राहत सामाग्रीहरुमा बेसिक सेल्टर किट सेट, किचेन सेट, सरसफाई किट, महिलाका लागि डिग्निटी किट, फिल्टर लगायतका दैनिक प्रयोगमा आउने आवश्यकिय बस्तुहरु रहेका छन् । माडी क्षेत्र विपदको दृष्टीले अति जोखिम अबस्था रहेको छ । यो राहत प्याकेजलाई नेपाल ग्रामिण पुर्ननिर्माण संस्था (आरआरएन)ले केयर नेपाल, ह्युमानिटेरियर एण्ड ईन्कुल्जन, युके एड र एक्सन एडको सहकार्यमा ब्यबस्थापन गरि माडी नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt