• रोटरी क्लव अफ चितवनको बृक्षारोपण


    भरतपुर/समाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्ल्व अफ चितवनले वाताबरण संरक्षणको लागि बृक्षारोपण गरेको छ । साउन १५ गते खिर खाने दिनको अवसरमा क्लवले पुर्व पश्चिम राजमार्ग अन्तरगत टिकौली क्षेत्रमा बृक्षारोपण गरेको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी डिभिजन बन कार्यालय चितवनका प्रमुख पदम राज नेपालले विग्रदो पर्यावरण र भुक्षय रोक्न वृक्षारोपणले सहयोग पु¥याउनु भयो ।
    पर्यवरण संरक्षणमा ध्यान दिनु आवश्यक रहेको वताउँदै उहाले वरण्डाभार बन संरक्षण क्षेत्रमा गरिएको बृक्षारोपणले पर्यावरण संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रोटरी इन्टरनेशनल जोन ३० का एसिस्टेण्ड गभर्नर नारायण प्रधानले बृक्षारोपण भन्दा पनि विरुवाको संरक्षण गर्नु मुख्य कुरा भएको वताउनु भयो ।
    रोट्याक्ट क्ल अफ चितवनका अध्यक्ष सौगात अर्यालले शुक्रबार परेको मित्रता दिवसको शुभकामना व्यक्त गर्नु भएको थियो । रोटरी क्लव अफ चितवनका सदस्य ओम गौचनको संयोजकत्वमा भएको कार्यक्रममा टिकौली स्थित राजमार्ग छेउमा ६ सय विरुवा रोपिएको थियो ।
    रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यको अध्यक्षतामा भएको कार्यक्रम सचिव गोपाल भट्टराईले संचालन गर्नु भएको थियो । कार्यक्रममा खिर खाने कार्यक्रम समेत सम्पन्न भएको थियो । खिर खाने कार्यक्रम भने रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले स्पोन्सर गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt