महालक्ष्मी विकास बैंक लि. र एम.ए.डब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि बिच सम्झौता


काठमाण्डौं/महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एम.ए.डब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि.सँग शुक्रबार सम्झौता गरेको छ ।
उक्त सम्झौताअनुसार एम.ए.डब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. बाट ग्राहकहरुले फोटोन ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ८ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिने छ । देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. को सबै शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार