सिद्धिविनायक मा.वि.मा रोटरीको बृक्षारोपण


भरतपुर/रोटरी क्लब अफ नारायणी मिड टाउनको आयोजनामा तथा रोट¥याक्ट क्लब अफ नारायणी मिड टाउन र इन्ट¥याक्ट क्लबको समन्वयमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । भरतपुर ११ बसेनिमा रहेको सिद्धिविनायक मा.वि मा विभिन्न जातका फलफुलका विरुवाहरु रोपिएको हो । रोटरी क्लबको विभिन्न सेवामुलक क्षेत्रहरु मध्ये वातावरण संरक्षणमा रोटरीको भुमिका अन्तरगत उक्त सामुदायिक विद्यालयको खालि जमिनमा वृक्षारोपण गरी विद्यालयलाई हरियाली एवं स्वच्छ बनाउन, आँप, लिच्चि, कागती लगाएतका उन्नत जातका विरुवाहरु रोपेको क्लबका अध्यक्ष राजेश्वर खनालले जानकारी दिनुभयो ।
वृक्षारोपण कार्यक्रमको संयोजक विराट घिमिरेले आफ्नो क्लबले रोपेका बिरुवालाई संरक्षण गरिदिन विद्यालयलाई आग्रह गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम बोहोराले वृक्षारोपण कार्यक्रम गर्न आफ्नो विद्यालयलाई रोजाइमा पार्नुभएकोमा खुसि हुदै, विरुवाको संरक्षण गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयको प्रधानाध्यापक शिव कोईराला, क्लबका सचिब अनोज पन्त, रोटरी सदस्यहरु अशोक श्रेष्ठ, बिक्रम के.शि, कृष्ण दहाल, प्रमेश्वर भण्डारी, विष्णु पौडेल, भुपेन्द्र श्रेष्ठ, आकाश पौडेल, उपेन्द्र पौडेल साथै रोट्याक र इन्टरयाक्ट क्लबका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार