रोटरी क्लव अफ भरतपुरद्धारा मनहरी पिसपार्कमा बृक्षारोपण


सन्तोष देवकोटा
भरतपुर/रोटरी क्लव अफ भरतपुरले शनिबार एक कार्यक्रमका विच मकवानपुर मनहरी स्थित पिसपार्कमा बृक्षारोपण गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लव अफ भरतपुरले रोटरीको विभिन्न सेवामुलक कामका क्षेत्रहरु मध्येको एक पर्यावरण संरक्षणमा योगदान पु¥याउने बृक्षारोपण गरिएको हो । स्वस्थ जिवनयापन गर्नको लागि प्रसस्त हरियाली र रुख विरुवा आवश्यक पर्ने हुँदा बृक्षारोपणको गरिएको रोटरी क्लव अफ भरतपुरका अध्यक्ष राजेन्द्र कुमार पियाले जानकारी दिनुभयो । सो अवसरमा पिसपार्क परिसरमा विभिन्न प्रजातिका फुलहरु सहित २२० वटा विरुवा बृक्षारोपण गरिएको थियो ।
क्लवले शनिबार बृक्षारोपण गर्नु पुर्व एक औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । रोटरी क्लव अफ भरतपुरका अध्यक्ष राजेन्द्र कुमार पियाको अध्यक्षतामा भएको बृक्षारोपण कार्यक्रममा राप्ति डिभिजन बन कार्यालयका डिएफओ दीर्घनारायण कोइराला प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी कोइरालाले पर्यावरण संरक्षणमा रुख विरुवाको भूमिका महत्वपुर्ण हुने वताउनु भयो । विरुवा रोप्न भन्दा संरक्षण चुनौतीपुर्ण भएको वताउँदै उहाले रोपिएका विरुवाहरुको संरक्षण गर्न आग्रह गर्नुभयो ।
आमाघर आश्रमका संरक्षक ब्रम्हकुमार विजयराज सिग्देलले पिसपार्क परिसरमा रोटरी क्लव अफ भरतपुरले बृक्षारोपण गरेको विभिन्न प्रजातिका फुलका विरुवाले पार्कलाई सुगन्धित र आकर्षित वनाउने वताउनु भयो । साथै विभिन्न सहयोगी हातहरुका कारण आमाघर आश्रम र शान्तिपार्क निर्माण सम्भव भएको वताउँदै उहाले कोहि पनि जेष्ठ नागरिकले जिवनको उत्तरार्धमा दुख पाउन नपरोस् भन्ने उदेश्यले आमाघर आश्रम स्थापना गरिएको वताउनु भयो । मनहरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गणेशमान मानन्धरले आमाघर आश्रम र पिसपार्क मनहरीकै गहना भएको वताउदै यसको संरक्षण र प्रवद्र्धन सवैको साझा दायित्व भएको वताउनु भयो ।


आमाघर आश्रमका अध्यक्ष रामचन्द्र उप्रेतीले आमाघर आश्रममा १२० जना आमाहरुले सुविधासम्पन्न तरिकाले जिवनयापन गर्न सक्ने वताउँदै आमाघर आश्रम वाग्मती प्रदेशकै नमुना आश्रम बनेको वताउनु भयो । कार्यक्रममा ब्रम्हकुमारी रेवतीले कार्यक्रममा उपस्थितहरुलाई आध्यात्मिक प्रवचनका साथ ध्यान गराउनु भएको थियो । कार्यक्रममा वोल्दै उहाले सुखमय जिवन विताउने तरिकाको वारेमा वुझाउनु भएको थियो । कार्यक्रमको अन्त्यमा ओमशान्ति मनहरी सेवाकेन्द्रकी संचालिका ब्रम्हकुमारी संगिताले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा रोटरी क्लव अफ भरतपुरका पुर्व अध्यक्ष टिकाराम पोखरेल, हरिप्रसाद सुवेदी, जिवन कुमार श्रेष्ठ, सुरेश बहादुर सेन ठकुरी, सचिव विमल कुमार क्षेत्री, सहसचिव मधुप्रसाद पोखरेल, निर्देशक शालिग्राम शर्मा, त्रिलोचन कँडेल, सम्पादक लोमस श्रेष्ठ, सदस्यहरु विश्वम्भर तिवारी, दिलिप श्रेष्ठ, बद्रीनाथ पोखरेल, गोविन्द प्रसाद पौडेल, कृष्णहरि तिमल्सेना, गंगा तिमिल्सिना सिंह, इनरव्हील क्लव अफ भरतपुरका अध्यक्ष विमला अर्याल अधिकारी, रोट्याक्ट क्लव अफ भरतपुरका अध्यक्ष गोविन्द पराजुली, रोट्याक्ट क्लव अफ भरतपुर हाईटका अध्यक्ष किशोर रिजाल, फस्टलेडी सरिता पिया, रोटरी सदस्य सुभद्रा सेन ठकुरी, शान्ति शर्मा पौडेल, मधु शाह, अर्जुन पौडेल, सुस्मिता शर्मा, आविस्कार सिग्देल, स्वरुप तिवारी, अमन वुढाथोकी, सोयल धिताल, समिप ढकाल, पसवन्त तिवारी, अस्विन गौतम, आयुस अधिकारीलगायतको सहभागिता रहेको थियो । सो अवसरका रोटरी क्लवका तर्फवाट पाँच जनाले आमाघर आश्रमको आजिवन सदस्यता लिनु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार