टोल प्रोफायल निर्माणका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न


भरतपुर/भरतपुर महानगरपालिका वडा नम्वर २, ४, ५, ७, १०, ११ र १२ का एक–एक वटा टोल विकास संस्थाहरुमा “हाम्रो टोल प्रोफायल हामी आफै बनाउछौँ “ भन्ने अभियान अनुसार शनिबार एक समारोह विच प्रदेश सांसद विजय सुवेदीको प्रमुख आतिथ्य तथा निर्वाचन क्षेत्र नागरिक समन्वय समितिका संयोजक सन्तोष पन्तको अध्यक्षतामा स्वयंसेवक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका वडा नम्वर २ को इन्द्रेणी टोल, ४ को रामेश्वर शान्ति टोल, ५ को विकास चोक टोल, ७ को प्रेमवस्ती टोल, १० को स्याउली बजार टोल, ११ को दरवारचोक टोल र वडा नम्वर १२ को नवरत्न टोलका ४२ जना स्वयं सेवकहरुलाई सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी सांसद विजय सुवेदीले सहभागीहरुलाई टोल प्रोफायलको ढाँचा, घर तथा पारिवारीक लगत फाराम, फाराम भर्ने सम्वन्धि निर्देशिका हस्तान्तरण गर्दै तथ्य, तथ्यांकको महत्व, विकासका लागि टोल विकास संस्थाको भूमीका, स्वच्छ, हरियाली र मानवियताको टोलका सम्वन्धमा प्रकाश पार्नु भएको थियो ।
उक्त कार्यक्रमका अध्यक्ष सन्तोष पन्तले घर तथा पारिवारीक फाराम भर्ने कार्यविधिका सम्वन्धमा प्रस्तुतिकरण गरी सहजिकरण गर्नु भएको थियो भने नागरिक समन्वय समितिका सदस्य शिवराज गिरीले टोल प्रोफायलमा समावेश गर्ने विवरणहरु वारे सहजिकरण गर्नु भएको थियो । सहभागीहरुका तर्फवाट प्रेमवस्ती टोल विकास संस्थाका अध्यक्ष केशव प्रसाद अर्याल र इन्द्रेणी टोल विकास संस्थाका उपाध्यक्ष मैना बरालीले कार्यक्रम निकै फलदायी रहेको र कार्यक्रम सफल बनाउन टोल विकास संस्थाको तर्फबाट आफु प्रतिवद्ध रहेको बताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार