• बालमाविद् अलम्नाई एशोसिएसनमा पन्त


    भरतपुर/बालमाविद् अलम्नाई एसोसियसनको ३१ औं साधारणसभा तथा ९ औं अधिवेशन शनिबार सम्पन्न भघएको छ । अधिवेशनले सेवन पन्तको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको सदस्यहरुमा सनदकुमार पिया, ऐश्वर्या श्रेष्ठ, राजकुमार श्रेष्ठ (राजन), मदन प्रधान, भरत कुमार आचार्य, रमेश श्रेष्ठ, ज्ञानेन्द्र पौडेल, भरत कुमार श्रेष्ठ, अमृत कुमार श्रेष्ठ चयन हुनु भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा अल्मुनाई एशोसिएसनका सचिव सेवन पन्तले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सनद कुमार पियाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । निर्वाचन सम्पन्न गर्नको लागि चुन नारायण श्रेष्ठको संयोजकत्वमा आश्विन श्रेष्ठ र करुणा गौतम सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt