• चितवनका सिसि क्यामेरालाई व्यवस्थित गर्न कार्यदल गठन


    भरतपुर/चितवन जिल्लाको सुरक्षा व्यवस्थालाई चुस्त बनाउंदै सम्भावित अपराधिक घटना हुन नदिन, अनपेक्षित अपराधिक घटना घटेको खण्डमा अपराधि पहिचान गर्नको लागि अहं भूमिका निर्वाह गर्ने सिसि क्यामरा प्रबिधिलाई व्यवस्थित गरिने भएको छ । उद्योग वाणिज्य संघ चितवनको सचिवालयमा मंगलबार वसेको सरोकारवालाहरुको वैठकले उक्त निर्णय गरेको हो ।
    चितवनका विभिन्न स्थानमा सिसि क्यामेरा जडान गर्ने, निजी क्षेत्रका व्यवसायीबाट जडान भएका आफ्नो व्यवसायका क्यामेराको उचित व्यवस्थापन गर्ने, सचेतना फैलाउने लगायतका कार्यहरु गर्ने उद्देश्यले उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष भोजराज कौडालको संयोजकत्वमा सिसिक्यामेरा व्यवस्थापन कार्यदल गठन गरिएको संघका अध्यक्ष राजु श्रेष्ठले बताउनु भयो । उहांले सार्वजनीक निजी साझेदारी अवधारणा बमोजिम व्यवासायीक एवम् जिल्लाको सुरक्षाका लागि सिसि क्यामेरा व्यवस्थापन गरिने बताउनु भयो ।
    संघको सचिवालयमा मंगलबार वसेको कार्यदलको प्रारम्भिक वैठकले हाल राजमार्ग क्षेत्र र बजारका मूख्य व्यापारिक केन्द्रहरुमा जडान भएका क्यामेराको अध्ययन अवलोकन गर्दै मर्मत संभार गर्ने र तत्पश्चात दीर्घकालिन योजना बनाई व्यवस्थित गर्ने निर्णय भएको कार्यदलका संयोजक एवम उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष भोजराज कौडालले बताउनु भयो । यहि श्रावण ४ गते संघका पदाधिकारी, संघमा आवद्ध वस्तुगत संघ, जिल्ला प्रहरी प्रमुख वीच भएको छलफल बमोजिम कार्यदल गठन गरि व्यवस्थापन गर्ने कार्यक्रम तय भएको संघका कार्यकारी निर्देशक एवम् कार्यदलका सदस्य–सचिव निलबहादुर केसीले जानकारी दिनुभयो ।
    चितवन जिल्लामा अपराधिक क्रियाकलाप लगायत सवारी दुर्घटनाका गतिविधिहरु बढ्न नदिनुका साथै घटना घटिसके पश्चात अपराधि पत्ता लगाउनका लागि सिसिक्यामेरा एक अनिवार्य प्रविधि रहेकोले यसलाई व्यवस्थापन गर्न लागिएको हो । उद्योग वाणिज्य संघ–चितवनले करिब एक दशक पहिला स्थानिय प्रशासन, स्थानीय, निकाय संगको समेत सहयोगमा थर्ड भिजन परियोजना अन्र्तगत बिभिन्न स्थानमा सिसिक्यामेरा व्यवस्थापन गरको संघको सचिवालयले जनाएको छ । उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष भोजराज कौडालको संयोजकत्वमा गठित कार्यदलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक श्याम कुमार बस्नेत, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख भगवानराज थापा, वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक रघुसिंह विष्ट सदस्य रहनु भएको छ ।
    यसै गरि सदस्यमा संघका कार्यसमिति सदस्य चेतनारायण सापकोटा, विनोद पौडेल, भानुभक्त न्यौपाने तथा वस्तुगत संघका तर्फबाट सन्तोषजनक भुषाल, हिम्मत पुरी, टेकवहादुर विश्वकर्मा, दिलकुमार श्रेष्ठ र भुपेन्द्र कर्माचार्य रहनु भएको छ भने सदस्य सचिवमा संघका कार्यकारी निर्देशक निलबहादुर केसी रहनुभएको छ । यसै गरि कार्यदलको प्रारम्भिक वैठकले भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति र अन्य स्थानीय निकायबाट समेत प्रतिनिधित्व गराई कार्यदललाई विस्तार गरि थप कार्यक्रम गर्ने निर्णय गरेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt