• होटलसंघको पहलमा व्यवसायीलाई कोरोना विरुद्धको खोप


    सन्तोष देवकोटा
    भरतपुर/होटल व्यवसायी संघ चितवनको पहलमा जिल्ला स्थित होटल व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप लगाईएको छ । होटल व्यवसायी संघ चितवनका सस्थापक अध्यक्ष जिवलाल सापकोटाले संघका उपाध्यक्ष केशव हडखोलेलाई खोप कार्ड हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिएको हो ।
    सरकारले सुरक्षा मापदण्ड पुरा गरि होटल संचालनको लागि अनुमति दिए पनि खोपको व्यवस्था हुन नसकेका कारण जोखिम वढेकोले स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयको सहयोगमा होटल व्यवसायीलाई कोरोना विरुद्धको खोप लगाईएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
    राज्यले खासै प्राथमिकता नदिएको होटल व्यवसायलाई स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयले खोप उपलव्ध गराएर सहयोग गरेकोमा अध्यक्ष श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयो । संघका सवै सदस्य होटल व्यवसायी र होटलमा कार्यरत कर्मचारीहरुलाई खोप नपुगेको वताउँदै स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयसंग थप खोपको माग गरेको जानकारी गराउनु भयो ।
    सो कार्यक्रममा २ सय ९५ जना होटल व्यवसायीलाई कोरोना विरुद्धको खोप लगाइएको कार्यक्रम संयोजक एवं होटल व्यवसायी संघ चितवनका सचिवालय सदस्य राजु श्रेष्ठले जानकारी दिनुभयो । होटल व्यवसायी संघ चितवनका सचिव राम बहादुर गुरुङले संचालन गर्नु भएको उद्घाटन कार्यक्रम संघका अध्यक्ष दिलकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
    कार्यक्रममा होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष इमान्दु वराल, पुर्व अध्यक्ष तथा सल्लाहकार संयोजक कमल शर्मा गौतम, निवर्तमान अध्यक्ष शर्मिला न्यौपाने, उपाध्यक्ष कृष्ण भट्ट, कमला गुरुङ, थानेश्वर सापकोटा, कोषाध्यक्ष जनक पौडेल, सहकोषाध्यक्ष ऋषिकेश अर्याल, संघका सदस्य एवं इकाई संयोजक कृष्ण महतो, सल्लाहकार अशोक अधिकारी, सुदिप भट्ट, सन्तोष पौडेल, कानुनी सल्लाहकार गोपिलाल देवकोटा, कार्यालय सचिव ममता आले लगायतको सहभागिता रहेको थियो ।
    सो कार्यक्रममा स्वास्थ्यकर्मी तर्फ भरतपुर महानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका कार्यवाहक प्रमुख सुर्य प्रसाद तिवारी, जनस्वास्थ्य अधिकृत केशव भट्ट, स्टाफ नर्स अधिकृत रुपमती आले, जनस्वास्थ्य निरिक्षक शिव पौडेल, सिनियर अहेव हरिदत्त कोइराला, स्टार्फ नर्स वुद्धलक्ष्मि श्रेष्ठ, सिनियर अनमी लक्ष्मि गौतमलगायतले खोप कार्यक्रम संचालन गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt