गितः बाधा बाधा


बालकृष्ण खनाल
भरतपुर, चितवन

जति तिमी टाढा टाढा, माँयाँ उति गाढा
एकै क्षण नदेख्दा नि, कति बाधा बाधा

छेउमै हुँदा बुझिन कि सायद माँयाँ मैले
नजिकैको तिर्थ हेलाँ हुन्छ याँहाँ जैले
भयौ जसै तिमी टाढा मन भयो आधा
एकै क्षण नदेख्दा नि कति बाधा बाधा

पिरमा हुँदा तिमी थियौ मनको भारी बिसाउने
यस्सो केही पर्दा खेरी दुईचार कुरा मिसाउने
भयौ जव तिमी पर रंगिन मन भो सादा
एकै क्षण नदेख्दा नि कति बाधा बाधा

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार