• रोटरी क्लव अफ चितनवद्धारा ह्वीलचियर र आर्थिक सहयोग


    भरतपुर/रोटरी क्लव अफ चितवनले भरतपुर २ क्षेत्रपुर आलेटोल स्थित मोहम्मद सिदिकलाई ह्वीलचियर र आर्थिक सहयोग गरेको छ । विगत एक वर्ष अगाडी प्यारलाईसिस भई दैनिक जिवनयापनमा समस्या देखिएको कारण ह्वील चियर हस्तान्तरण गरिएको क्लवका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो ।
    सो अवसरमा विरामी मोहम्मद सिदिकका श्रीमती स्यानी मियाँ र छोरा मोहम्मद फारुलाई ह्वीलचियर र नगद हस्तान्तरण गरिएको हो । स्वास्थ्यमा समस्या भएपछि आम्दानीको अवस्था पनि कमजोर भएकाले उपचारमा सहयोग पु¥याउने उदेश्यले नगद पाँच हजार रुपैयाँ पनि सहयोग गरिएको अध्यक्ष शाक्यले वताउनु भयो ।
    रोटरी क्लवद्धारा हस्तान्तरण गरिएको ह्वील चियरले मोहम्मदको दैनिक जिवनयापनमा सहयोग पुग्ने आशा व्यक्त गर्दै अध्यक्ष शाक्यले आगामी दिनमा पनि सहयोगको प्रतिवद्धता व्यक्त गर्नु भयो । सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लवको पहिलो प्राथमिकता समाजसेवा रहेको वताउँदै उहाँले सहयोग गर्न पाउँदा खुसि व्यक्त गर्नु भयो ।
    कार्यक्रममा रोटरी क्लव अफ चितवनका सचिव गोपाल भट्टराई, सर्भिस प्रोजेक्ट कमिटि चियर ई. पुरन सुवेदी, वोर्ड सदस्य मनोज वर्नवाल, रोट्याक्ट क्लव अफ चितवनका जोइन्ट ट्रेजरर सायल पाण्डेलगायतको सहभागिता रहेको थियो । कार्यक्रम पश्चात मोहम्मद परिवारले वेरोजगारी समस्या र आर्थिक अभाव दर्शाए पछि कार्यक्रममा सहभागि रोटरी क्लव अफ चितवनका सचिव गोपाल भट्टराईले विरामीमा छोरा मोहम्मद फारुलाई रोजगारीको व्यवस्था गरिदिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । विरामी मोहम्मद सिदिकका श्रीमती स्यानी मियाँले सहयोग प्रति रोटरी क्लव अफ चितवनलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि साथ सहयोग र समर्थनको अपेक्षा गर्नुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt