• हुलदंगा गर्नेलाई कारवाहि गर्न गंगा प्लाजा व्यवसायी समितिको माग


    भरतपुर/रत्ननगर स्थित गंगा प्लाजा व्यवसायी समितिले हुलदंगा सहित तोडफोड गर्नेहरुलाई पक्राउ गरि कारवाहिको माग गरेको छ । गंगा प्लाजामा संचालित विभिन्न व्यवसायलाई हानी पुग्ने गरि शनिबार दिउँसो केहि युवाहरुले आतंक मच्चाए पछि व्यवसायी समितिले सुरक्षाको माग गर्दै प्रहरी गुहारेको हो । शनिबार इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीलाई पत्राचार गर्दै समिति सो माग गरेको हो ।
    रत्ननगर १२ जयमंगला वस्ने रोनित श्रेष्ठ, भरतपुर २९ जुगेडी वस्ने विकास देवकोटा, रत्ननगर १३ जयमंगला वस्ने राज श्रेष्ठ लगायतको समुह रत्ननगर स्थित सौराहा चोकमा रहेको गंगा प्लाजा व्यापारिक केन्द्रमा शनिबार दिउँसो तीन बजे तिर प्रवेश गरि हुलदंगा सहित अश्लिल शब्द प्रयोग गरि गालिगलौज गर्ने, धाक देखाउने, धम्कि दिने गरेको, होटलको गमला तोडफोड गरेको समितिका अध्यक्ष विष्णु प्रसाद भट्टराईद्धारा हस्ताक्षर गरि प्रहरीलाई वुझाईएको पत्रमा उल्लेख छ ।
    साथै पत्रमा सोहि विषयमा गंगा प्लाजा व्यवसायी समितिले सम्झाई वुझाई गर्ने क्रममा उक्त समुहले फेन्सि व्यवसायी राजकुमार वुढाथोकीमाथि हातपाल एवं कुटपिट समेत गरेको वताउँदै पत्रमा सो घटनामा संलग्न दोसीलाई खोजतलास गरि कारवाहि गर्न अनुरोध गरिएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt