भरतपुर/रोटरी क्लव अफ नारायणी मिडटाउनबाट सोमबार पंञ्चदिप आधारभुत विद्यालय रत्ननगर १२ मा अध्यायनरत १० जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरिएको छ । रोटरीले कक्षा के.जि, १ र २ मा अध्ययनरत बाल बालिकाहरुलाई शैक्षिक सत्र २०७८÷७९ बाट कक्षा १० सम्म अध्ययन गराउने गरी अभिभावकत्व ग्रहण गर्ने दोस्रो चरणको कार्यक्रम अगाडी बढाएको हो ।
“स्वार्थ भन्दा माथी सेवा” भन्ने मुल नाराबाट स्थापीत रोटरी क्लबले सोमबार क्लवका अध्यक्ष राजेश्वर खनालको अध्यक्षतामा आरसी नारायणी मीडटाउनका पुर्व अध्यक्ष डा.केशव भुर्तेल, निवर्तमान अध्यक्ष यमनाथ दनै, सचिव अनुज पन्त, कार्यक्रम संयोजक कृष्णलाल दहाल, सहित १२ जना रोटरीयनहरु र विद्यालयका प्राचार्य सर्मिला भट्ट, संस्थापक अध्यक्ष श्याम बराल, शिक्षाविद् वसन्त अधिकारी, सहित केहि अभिभावक र विद्यालय वाल वालिकाहरु बिच कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं १२ का वडा अध्यक्ष बीर वाहादुर पाख्रिनको विशेष उपस्थिती रहेको थियो । विद्यालयमा यसै क्लबबाट सुद्ध खानेपानी व्यवस्थापन गरीएको छ भने आगामी वर्षमा थप विद्यार्थीहरुलाई अभिभावकत्व ग्रहण गर्दैजाने अध्यक्ष खनालले जानकारी गराउनु भयो । यस किसिमको अभिभावकत्व ग्रहण गर्ने कार्यक्रम पहिलो चरणमा ५ वर्ष अगाडी देखि इच्छाकामना ७ गर्दास मा.वि गर्दासमा २५ जना बालबालिकाहरुलाई अभिभावकत्व गर्दै आएको थियो भने हाल १० जना थप गरी ३५ जना पुराईएको छ ।