गणेश पार्कमा लायन्स र लियो क्लवको बृक्षारोपण


भरतपुर/सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स तथा लियो क्लवहरुको संयुक्त आयोजनामा भरतपुरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ चितवन माउण्ट ऐभरेष्ट, लायन्स क्लव अफ चितवन डाँफे र लियो क्लव अफ चितवन माउण्ट ऐभरेष्टको संयुक्त आयोजनामा सोमबार भरतपुर ३ नारायणी नदी किनार स्थित गणेश पार्कमा बृक्षारोपण गरिएको हो ।
कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशनल ३२५ विटु नेपालका डिष्ट्रिक गभर्नर राम प्रसाद भट्ट प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी भट्टले बृक्षारोपणले वातावरण संरक्षणमा सहयोग पु¥याउनु वताउँदै बृक्षारोपणमा जोड दिन आग्रह गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथी लायन्स क्लव अफ इन्टरनेशनल ३२५ विटुका जोन चियर पर्सन पुरन थापमगरले वाढि पहिरो भुक्षय लगायतका प्राकृतिक प्रकोपको न्यूनिकरण र पर्यावरण संरक्षणको लागि बृक्षारोपणको विकल्प नभएको वताउनु भयो । कार्यक्रममा लायन्स क्लव अफ चितवन डाँफेका अध्यक्ष नारायण रसाईली, लियो क्लव अफ चितवन माउण्ट ऐभरेष्टका अध्यक्ष सन्तोष श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
लायन्स क्लव अफ चितवन माउण्ट ऐभरेष्टका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम क्लवका निवर्तमान अध्यक्ष गोविन्द अर्यालले संचालन गर्नु भएको थियो । कार्यक्रममा एक सय भन्दा वढि विभिन्न जातका फलफुललगायतका विरुवाहरु बृक्षारोपण गरिएको लायन्स क्लव अफ चितवन माउण्ट ऐभरेष्टका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार