मुक्तकः काम लाग्छ यार

बालकृष्ण खनाल
भरतपुर, चितवन
गोरो मात्र हैन कहिलेकाहीँ कालो पनि काम लाग्छ यार
मौका पर्दा कुनामा फालेको टालो पनि काम लाग्छ यार ।
बरू आफ्नाकै सहयोग नहुन सक्छ स्वार्थी यो दुनियाँमा
ठाउँमा हुनु पर्छ दुश्मनको सालो पनि काम लाग्छ यार ।।