कालिका नगरपालिकामा आर्दशको सम्पर्क समिती विस्तार


भरतपुर/महिलामाथि हुने हिंसाविरुद्धको अभियानलाई ससक्त बनाउन आर्दश नारी विकास केन्द्र नेपालले पालिका स्तरीय सम्पर्क समिती तथा शाखा विस्तार कार्य सोमबारवाट शुरु गरेको छ । न्यायमुलक र हिंसा रहित समाजको अभियानलाई गाउं र वडा स्तरमा फैलाउंदै कालिका नगरपालिकामा सोमबार सम्पर्क समिति गठन गरियो । अर्पणा दुवाडीको संयोजकत्वमा ९ सदस्यीय कालिका नगरस्तरीय समिती गठन गरिएको हो । नवगठित समितिको सहसंयोजकमा मेनका थापा, उपाध्यक्ष सीता हुमागाई, सचिव सुमित्रा थापा, कोषाध्यक्ष कोपिला दाहाल रहनुभएको छ । यसैगरि सदस्यहरुमा सपना गिरी, पद्मा राना, गीता रेग्मी पण्डित र रितु वाग्ले रहनुभएको छ ।
समितीको पहिलो बैठकबाट चेपाङं र दलित समुदायबाट १/१ जना मनोनित गरिने संयोजक दुवाडीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नवनिर्वाचित संयोजक दुवाडीले महिलामाथिको हिंसा विरुद्ध लाग्न आफुहरुलाई साहास थपिएको बताउनुभयो । उहाँले संस्थाको उद्देश्यका अनुरुप कार्य गर्न आफुहरु लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाली काग्रेस नगरसभापति राजु श्रेष्ठले कालिका नगरलाई हिंसारहित नगरको रुपमा विकास गर्न आफुहरु कटिवद्ध रहेको बचनबद्धता व्यक्त गर्दै घरभित्रको हिंसा निराकरणमा पुरुषहरु पनि ंसंगसंगै हातेमालो गर्न तयार रहेको बताउनुभयो । कालिका नगरको अधिकाशं भुभाग पहाडी रहेकाले यहाँका सीमान्तकृत अल्पसंख्यक समुदायलाई पनि समेटेर महिला शसक्तिकरणको अभियान चलाउनुपर्ने उहाँको सुझाव थियो । पहाडी महिलाहरु घरभित्र चरम हिंसा सहन बाध्य छन् उनीहरुको हक अधिकारमा लाग्नु जरुरी छ उहाले भन्नुभयो ।
कालिका नगरमा आर्दशको संस्थागत प्रवेशले हिंसा विरुद्धको अभियान थप ससक्त हुने विश्वास लिइएको छ । कालिकाले आर्दश जस्तो संस्था पाउंदा महिलामाथि भइरहेका हिंसाका घटनामा कमी आउने र पीडितले तथा प्रभावितले न्यायको अनुभुति सहजै गर्न सक्ने विश्वास सामाजिक अभियन्ता हरि प्रसाद भण्डारीको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष मीना खरेलले संस्थाले २०४९ सालदेखि महिलामाथिको विभेद, शोषण, दमन र अत्याचारका विरुद्ध आवाज उठाउंदै उनीहरुको न्यायका लागि सहजीकरण गर्दै आएको बताउनुभयो । शहरकेन्द्रित अभियानले हिंसा रहित समाजको सपना साकार पार्न नसकिने बताउंदै उहाँले आर्दशको अभियानलाई मुर्त रुप दिन जिल्लाका सबै पालिकामा वडा तथा गाउं तहलाई समेटेर सम्पर्क समिती विस्तार गर्न लागिएको जानकारी दिनुभयो ।
अधिकार स्थापित गर्न र घरभित्रको हिंसा निराकरणमा सबै लाग्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष उषा खरेल सुवेदीले आर्दशको अभियानलाई सशक्त रुपमा अगाडि बढाउन जरुरी रहेकोले जिल्लाका सबै पालिकामा सम्पर्क समिती गठन गरिसकेपछि अन्य जिल्ला र प्रदेशमा शाखा विस्तार गरिने बताउनुभयो । कार्यक्रम सञ्चालन संस्थाका सचिव पृथ्वी सुवेदीले गर्नुभएको थियो । आर्दश नारी विकास केन्द्रले विगत ३० बर्षदेखि चितवनमा महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि खवरदारी गर्दै विभिन्न अभियानहरु सञ्चालन गर्दै आइरहको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार