महालक्ष्मी विकास बैंक र सिप्रदि ट्रेडिङ बिच सम्झौता


काठमाण्डौं/महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जासेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदि ट्रेडिङप्रा. लि.सँग शुक्रवार सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार सिप्रदि ट्रेडिङप्रा. लि.बाट ग्राहकहरुले टाटा ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुकासाथै अधिकतम ७० प्रतिशतसम्म कर्जा प्रवाह गरिने छ । देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि.का सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार