• छिपछिपे खानेपानी परियोजनाको सम्झौता सम्पन्न


    भरतपुर/रोटरी क्लब अफ नारायणगढले छिपछिपे खानेपानी उपभोक्ता समिति, वाटर सेन्टर र देवघाट गाउँपालिकाको सहकार्यमा छिपछिपेमा खानेपानी परियोजना सञ्चालन गर्ने भएको छ । सोही क्रममा शुक्रबार एक कार्यक्रम बीच नारायणगढ रोटरी क्लबका अध्यक्ष अरुणकुमार खनालको सभापतित्वमा देवघाट गाउँपालिकाको कार्यालयमा भेला भई रोटरी क्लब अफ नारायणगढ, छिपछिपे खानेपानी उपभोक्ता समिति, वाटर सेन्टर र देवघाट गाउँपालिका बिच चौपक्षीय सम्झौता सम्पन्न गरेको नारायणगढका रोटरी क्लबका सचिव दिलीप तामाङले जानाकारी गराए । परियोजना सम्झौतामा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, वडा नं ५ का अध्यक्ष यलबहादुर गुरुङ, उपभोक्ता समितिका अध्यक्ष र नारायणगढ रोटरी क्लबका अध्यक्ष अरुणकुमार खनालले हस्ताक्षर गरेका हुन् । यस खानेपानी परियोजनाबाट छिपछिपेका बैसठ्ठी घरपरिवार, एक विद्यालय, स्वास्थ्य चौकी, पशुसेवा कार्यालय र महिला विकास कार्यालय लाभान्वित हुने क्लबका अध्यक्ष अरुणकुमार खनालले जानाकारी गराउनुभयो ।
    त्यसैगरी देवघाट गाउँपालिकाको वडा नं ३ र ४ का वासिन्दाहरूका लागि शुद्ध खानेपानी व्यवस्थापनका लागि देवघाट गाउँपालिका, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ गैंडाकोट, रोटरी क्लब अफ कावासोती र वाइन टु वाटर नेपालको संयुक्त सहकार्यमा पाँचसय थान वाटर शयर फिल्टर वितरण गर्ने सम्झौता समेत शुक्रबारै सम्पन्न भएको वाइन टु वाटर नेपालका कन्ट्री टेक्नीकल डाइरेक्टर तथा नारायणगढ रोटरी क्लबका सेवा परियोजना निर्देशक इन्जिनियर गुणेश्वर महतोले बताए ।
    रोटरी सेवालाई अभैm विस्तृत बनाउने उद्देश्यले शुक्रबार नै एक कार्यक्रम विच देवघाट गाउँपालिकाको सभाहलमा बसेको बैठकले दीपककुमार थापा मगर अध्यक्ष र भबीलाल थापा सचिव रहने गरी रोट¥याक्ट क्लब अफ देवघाटको तदर्थ समिति गठन गरेको छ । नारायणगढ रोटरी क्लबका अध्यक्ष अरुणकुमार खनालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान, पूर्व अध्यक्षहरू सञ्जय श्रेष्ठ, सुसनलाल प्रधान, प्रथम उपाध्यक्ष यज्ञमुनी बज्राचार्य, मेम्बरसिप चेयर दिपेन्द्रकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । शुक्रबारै रोट¥याक्ट क्लब अफ देवघाटको तदर्थ समितिले पूर्णता पाएको र नारायणगढ रोटरी क्लबले उक्त रोट¥याक्ट क्लब गठन गर्ने प्रकृया सुरु गरिसकेको अध्यक्ष अरुणकुमार खनालले जानाकारी गराए ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt