स्वास्थ्य राज्यमन्त्रीसंग होटल व्यवसायीको अन्तरक्रिया


भरतपुर/होटल व्यवसायी महासंघका पदाधिकारी एवं सल्लाहकारको उपस्थितीमा चितवन जिल्ला स्थित होटल व्यवसायीहरुले राज्यमन्त्री उमेश श्रेष्ठसंग अन्तरक्रिया गरेका छन् । जिल्लामा क्रियाशिल होटल व्यवसायी संघ र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा आवद्ध होटल व्यवसायीहरुले मन्त्रीसंग आफ्ना समस्या राखेका छन् ।
कार्यक्रममा होटल ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके, महासंघका सल्लाहकार रामप्रसाद सुवेदी, होटल ब्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठ, उपाध्यक्ष लोकनाथ भट्ट, सचिब राम बहादुर गुरुङ, सह– कोषाध्यक्ष ऋषिकेश अर्याल, सचिवालय सदस्यहरु राजु श्रेष्ठ, कृष्ण महतो, होटल तथा रेष्टुरेण्ट व्यवसायी ब्यवसायी संघ चितवनका संस्थापक अध्यक्ष एवं निवर्तमान अध्यक्ष दीपक ढकाल, अध्यक्ष ज्योती प्रसाद कंडेल, सचिब सुरेन्द्र केसीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागि होटल व्यवसायीका अगुवाहरुले जिल्लाका होटल तथा रेष्टुरेण्ट ब्यवसायीहरु र त्यहाँका कर्मचारीहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको वताउँदै यथाशक्य छिटो कोरोना विरुद्धको खोप उपलव्ध गराउन माग गरेको थिए ।
कोरोना विरुद्धको खोपको माग गर्दै व्यवसायी र कर्मचारीहरुको नाम लिस्ट सहितको पत्र समेत बुझाईएको थियो । महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले ब्यवसायीहरुको समस्या र हाल खुल्ने र बन्द गर्ने समय समायोजन गरि ब्यवसाय संचालन गर्न सहज बातावरण बनाई दिन स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा वोल्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सुरक्षित तरिकाबाट होटल व्यवसाय संचालन गर्न अवरोध नगर्न प्रमुख जिल्ला अधिकारीसंग कुरा भै सकेको जानकारी दिनुभयो । साथै उहाले चितवन जिल्ला स्थित होटल व्यवसायी संघ चितवन र होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघ चितवनलाई तत्काल एक हजार डोज खोप उपलब्ध गराउन मन्त्रालयमा समेत निर्देश दिनु भयो ।
साथै राज्यमन्त्री श्रेष्ठले हाम्रो होटेल संघका के कतिलाई कोरोना विरुद्धको खोप आवश्यक परेको हो स्वास्थ मन्त्रालयको वेबसाईटमा गएर फर्म भर्न आग्रह गर्नु भयो । फर्म भरेकालाई खोप उपलब्ध गराइने मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा होटल व्यवसायी संघ चितवन र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनले राज्यमन्त्री श्रेष्ठलाई बधाई ज्ञापन गर्दै मायाको चिनो हस्तान्तरण गरिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार