• यातायात व्यवसायीद्धारा प्रदेशमन्त्री खनाल सम्मानित


    भरतपुर/चितवन स्थित सम्पुर्ण यातायात व्यवसायीहरुको तर्फवाट सोमवार भरतपुरमा वाग्मती प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनाललाई सम्मान एवं वधाई ज्ञापन गरिएको छ । चितवन छाहारी यातायात प्रालीद्धारा आयोजित उक्त कार्यक्रममा यातायात व्यवसायीहरुले आफ्ना समस्याको वारेमा मन्त्री खनाललाई जानकारी गराएका थिए ।
    चितवन छाहारी यातायात प्रालीका अध्यक्ष बद्रीप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै प्रमुख अतिथी प्रदेश सामाजिक विकास मन्त्री खनालले कोरोना संक्रमण र लकडाउनको कारण यातायात क्षेत्र अत्याधिक समस्यामा परेको वताउनु भयो । यातायात व्यवसायीको समस्याप्रति आफु जानकार रहेको वताउँदै उहाले नीति निर्माणको तहवाट व्यवसायीका समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    कार्यक्रमा वोल्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीले यातायात सम्वन्धी सवै काम चितवनवाटै हुने व्यवस्था मिलाउने काममा सहयोगा गर्न मन्त्री खनाललाई आग्रह गर्नु भयो । कार्यक्रमा पुरानो नारायणी यातायात कम्पनी प्रालीका डाइरेक्टर एवं रत्ननगर उद्योग वाणिज्य संघका प्रतिनिधि शंकर गिरीले चितवनको यातायात क्षेत्र व्यवस्थापनमा मन्त्रीले ध्यान दिनुपर्ने वाताउनु भयो । चितवन छाहारी यातायात प्रालीका निवर्तमान अध्यक्ष कृष्णलाल दाहालले संचालन गर्नु भएको उक्त कार्यक्रममा कार्यालय प्रमुख फत्त बहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt