खनाल समाजको बधाई तथा शुभकामना


भरतपुर/खनाल सेवा समाज केन्द्रिय समितिको आयोजनामा सोमबार बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । खनाल सेवा केन्द्रिय समितिका अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनाललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।
सो कार्यक्रममा राजेश्वर खनाल, कपिल बाबू खनाल, अर्जुन खनाल, प्रा.डा नारायणप्रसाद खनाल, जगदीश्वर खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । मन्त्री खनालले आफ्नो खनाल वंशमा आँच आउने तथा नकारात्मक सन्देश जाने खालका कुनै पनि कार्य नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष वामदेव खनालले उपस्थित सबैलाई आभार व्यक्त गर्दै धन्यवाद दिनुभयो । कार्यक्रम संस्थाका सचिव रवि भद्र शर्मा खनालले सञ्चालन गर्नुभएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार