गजलः जिन्दगानी


बालकृण खनाल
भरतपुर, चितवन

घडी पला दिन गर्दै चल्छ जिन्दगानी
थाहै हुन्न कुन बेला ढल्छ जिन्दगानी ।

उमेर छँदा सान सौकत सवै दायाँबायाँ
त्यसै त्यसै धप धपी बल्छ जिन्दगानी ।

भान हुन्छ कसैलाई संसारै छ बसमा
लाग्छ यसैगरी फूल्छ फल्छ जिन्दगानी ।

हेर्दाहेर्दै समयले नेटो काट्छ आँखै अघि
पत्तै नपाई भित्र भित्रै गल्छ जिन्दगानी ।

स्थायी छैन केहिपनि नाशवान सवै यहाँ
आखिरीमा खरानी भई जल्छ जिन्दगानी ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt