नारायणी कलामन्दिरद्धारा दिपक प्रधान सम्मानित


भरतपुर/नारायणी कलामन्दिर, नारायणगढले सस्थाका पुर्व अध्यक्ष दिपक प्रधानलाई सम्मान गरेको छ । नारायणी कलामन्दिरका पुर्व अध्यक्ष दीपक प्रधान हालैमात्र बालकुमारी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मनोनित हुनुभएकोमा सफल कार्यकालको शुभकामना एवम् बधाई ज्ञापन गर्दै वहाँलाई सम्मान गरिएको हो ।
आपूmलाई सम्मानित गरेकोमा अध्यक्ष प्रधानले नारायणी कलामन्दिर परिवारलाई धन्यवाद दिँदै स्थापना कालदेखि नै विद्यालय र नारायणी कलामन्दिरको सम्बन्ध सुदृढ रहेको र यसलाई अझ प्रगाढ बनाउने एवम् क्याम्पाचौरलाई व्यवस्थापन गर्न दुवै संस्थाबीच सहकार्य हुनुपर्ने बताउनु भयो । सबैको साथ र सहयोगले आपूm विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेकोमा विद्यालयको उन्नती र प्रगतीमा आपूm सदैव लागिरहने प्रधानले बताए । सामाजीक कार्यमा नेतृत्वदायी भूमिकाको पहिलो खुड्किलो नारायणी कलामन्दिर रहेको समेत अध्यक्ष प्रधानले बताए ।
सोही कार्यक्रममा संस्थाका सह–सचिव सनद पिया बालमाविद् अल्मुनाइ एसोसियसनको कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा वहाँलाई पनि सम्मान गरिएको सचिव अनुकूल श्रेष्ठले बताए । बिहीबारै बैठकबाट हरेक वर्ष मनाउँदै आइरहेको रोपाईं जात्रा कोरोना महामारीको कारणले गर्दा आगामी कृष्णाष्टमीको दिन आयोजना हुने रोपाईं जात्रालाई यो वर्षको लागि स्थगीत गरिएको समेत संस्थाका अध्यक्ष उद्धव जोशीले जानकारी दिए ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार