• नमुना बन्दै किरण अमरजंग गुरुङ माध्यमिक विद्यालय

    सन्तोष देवकोटा

    भरतपुर/लामो समय देखि प्राविधिक शिक्षामा जोड दिँदै आएको भरतपुर १९ स्थित किरण अमरजंग गुरुङ माध्यमिक विद्यालय पछिल्लो समय पश्चिम चितवनकै नमुना विद्यालयको रुपमा स्थापित हुन सफल भएको छ । शैक्षिक गुणस्तरमा अग्रणी उक्त शैक्षिक सस्थाले प्राविधिक शिक्षाको खोजिमा भौतारिने विद्यार्थीहरुलाई उचित शिक्षा दिन सफल भएको छ । गुणस्तरीय शिक्षाले गर्दा उक्त विद्यालयले विद्यार्थी एवं अभिभावकहरुको मन जित्न समेत सफल भएको विद्यालयका प्रधानाध्यापक विनोद कुमार अधिकारीले वताउनु भयो । पश्चिम चितवनका प्राविधिक शिक्षा लिन चाहाने विद्यार्थीहरुलाई गाउँमै प्राविधिक शिक्षा दिन सफल उक्त विद्यालयमा सिटिईभिटीको तीन वर्षे प्लान्ट साइन्स कार्यक्रममा विद्यार्थीको आकर्षण वढेको छ ।

    कोरोना संक्रमणको कारण अनलाइन कक्षा संचालन गरेको उक्त विद्यालयले अनलाइन कक्षामा ६० देखी ९० प्रतिशत विद्याथी सहभागी गराएको विद्यालयका प्रधानाध्यापक अधिकारीले जानकारी दिनुभयो । अन लाइन कक्षामा कक्षा मनिटरको व्यवस्था र शिक्षकले कक्षा सहजिकरण गरेको अनलाइन कक्षाको अभिलेख विद्याथीले समेत राख्ने भएको हुँदा विद्यालयको शिक्षण प्रणाली विद्यार्थी र अभिभावकको आकर्षणको केन्द्र वन्न पुगेको उहाँको भनाई थियो । अनलाइन वाट नै अतिरिक्त कृयाकलापहरु समेत सञ्चालन र पुरस्कारको समेत व्यवस्था गरिएको जानकारी प्रधानाध्यापक अधिकारीले दिनुभयो । सिटिइभिटीको ३ वर्षे प्लान्ट साइन्स कार्यक्रममा अनुसन्धान केन्द्र, विश्वविद्यालय र रामपुर कृषि क्याम्पसका अनुभवी एवं दक्ष प्राध्यापकहरुद्धारा प्राध्यापन भईरहेको जानकारी विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष द्रोण वहादुर गुरुङले दिनुभयो । महिनामा एक पटक सम्वन्धीत शिक्षकहरु र विद्यालय प्रशासनवाट विद्याथीको घर दैलो कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई थियो।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt