• स्थापना दिवसमा खाद्यान्न विरतण र बृक्षारोपण


    भरतपुर/नेपाल शैक्षिक परामर्श संघ चितवनद्वारा रत्ननगर खाद्य सामाग्री वितरण र बृक्षारोपण गरिएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २५ औं स्थापना दिवसको अवसरमा रत्ननगर नगरपालीका–११ स्थित अति विपन्न सिमान्तकृत चेपाङ्ग वालवालीकाहरुको संरक्षण गरीरहेको गाम वेशी चेपाङ्ग संरक्षण केन्द्रमा खाद्य सामाग्री वितरण तथा उक्त संरक्षण केन्द्र परीसरमा एभोकाडो, आँप, लिची र कटहर लगायतका फलफुलका विरुवा बृक्षरोपण गरिएको हो ।
    अति विपन्न चेपाङ्ग वालवालीकाहरुलाई सहयोग गर्ने अवसर प्रदान गर्नु हुने उक्त संरक्षण केन्द्रका संस्थापक तथा संरक्षक केपी किरण शर्मा संघले धन्यवाद समेत व्यक्त गरेको छ । यसको साथै उक्त कार्यक्रम सफल वनाउन सहयोग गर्नुहुने सम्पुर्ण इक्यानियनहरुलाई नेपाल शैक्षिक परामर्श संघ चितवनका अध्यक्ष हिम्मत पुरीले आभार सहित २५ औ वार्षीक उत्सवको हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । सो अबसरमा इक्यान चितवन अध्यक्ष हिम्मत पुरी, सचिव हेमराज सिग्देल, यज्ञविलास पैडेल, सुवास गौतमलगायतको उपस्थिति रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt