• मौरीजोन समन्वय समितिको साधारणसभा


    भरतपुर/चितवनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मौरी जोन सञ्चालन समन्वय समितिको दोस्रो साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले राम प्रसाद पौडेलको संयोकत्वमा ९ सदस्यिय मौरी जोन सञ्चालन समन्वय समिति गठन गरेको छ ।
    नवगठित समितीको सहसंयोजकमा विकास नेपाल क्षेत्री, सचिवमा सरिता भट्टराई श्रेष्ठ, सहसचिवमा दिनेश चेपाङ्ग, सदस्यहरुमा एरोन मोक्तान, मनु गुरुङ्ग, कान्छीमाया तामाङ्ग, अशोक कुमार जिम्बा, पान बहादुर तामाङ्ग रहनु भएको छ । मौरीपालन विकास कार्यक्रम, भण्डारामा आयोजीत कार्यक्रम समितिका संयोजक धारामराज लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
    कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे प्रमुख अतिथी रहनु भएको कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि अधिकृत विनोद कुमार भट्टराई विशेष अतिथी रहनु भएको थियो । कार्यक्रममा मौरीपालन विकास कार्यक्रम, भण्डाराका गोबिन्द प्रसाद पोखरेल, राक्सिराङ्ग गाउँपालिका वडा नं ६ मकवानपुरका अध्यक्ष सिंहलाल प्रजा, नेपाल मौरीपालन महासँघ केन्द्रिय समितीका शिव प्रसाद पौडेल, नेपाल मौरीपालन महासँघ जिल्ला समिती चितवनका रोसन पण्डित, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई भरतपुरका कृषि अधिकृत ईन्द्र शर्मा ढुङ्गानालगायत अतिथी रहनु भएको थियो ।
    कार्यक्रममा वोल्दै प्रमुख अतिथी कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले सहमतिमा मौरी जोन सञ्चालन समन्वय समितिको गठन हुनु अत्यन्तै सकारात्मक भएको तथा कृषकको एकता देखिएको प्रशंशा गर्दै प्रदेश अन्तर्गतका कार्यक्रमहरुमा समेत मौरीपालन व्यवसायलाई प्राथमिकता दिईने वताउनु भयो ।
    विशिष्ठ अतिथी प्रधानमन्त्री कृषि आधिुनिकिकरण परियोजनाका बरिष्ठ कृषि अधिकृत विनोद कुमार भट्टराईले यस वर्ष सृजनात्मक कार्यक्रमहरुमा सहभागि हुन सवै सूचिकृत कृषकहरुलाई अनुरोध गर्दै निवर्तमान समितिको भूमिकाको प्रशंशा गर्नुभएको थियो ।
    मौरीपालन विकास कार्यक्रम, भण्डाराका गोबिन्द प्रसाद पोखरेलले विषयगत कार्यालयको नाताले सवै मौरीपालक कृषकहरु र सरोकारवालाहरुसँग समन्वयमा कार्यक्रमहरु सञ्चालन हुने जानाकारी दिनुभयो । राक्सिराङ्ग गाउँपालिका वडा नं ६ मकवानपुरका अध्यक्ष सिंहलाल प्रजाले मौरीपालन व्यवसायको मुख्य समस्या चरण क्षेत्रको विस्तार रहेको वताउनुभएको थियो ।
    नेपाल मौरीपालन महासँघ केन्द्रिय समितीका प्रतिनिधि शिव प्रसाद पौडेलले जोन क्षेत्र विस्तार गरी धेरै कृषकहरुलाई समावेश गर्नु उपर्युक्त हुने सुझाब दिनुभयो । नेपाल मौरीपालन महासँघ जिल्ला समिती चितवनका प्रतिनिधि रोसन पण्डितले चितवनमा सवै कृषकलाई अनुदानको पहुँच पुर्याउन सवै सरोकारवालासँग अनुरोध गर्नुभयो ।
    मौरी जोन सञ्चालन समन्वय समितिका निवर्तमान अध्यक्ष धारामराज लामाले विगतका अनुभवहरुको वारेमा वताउँदै आगामि समितिको वाँकी कार्यवारे जानाकारी गराउनुभएको थियो । कार्यक्रममा संयोजक धारामराज लामाबाट आर्थीक आयव्यय विवरण पेश गरिएको थियो भने सचिब विकास नेपाल क्षेत्रीबाट प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो ।
    मौरी जोन संचालन समन्वय समितिद्धारा चालु आ.व. २०७८÷७९ मा करिव १३०० बढी मौरीघार वितरण, मौरीपालनका लागि मेसिनरी औजारहरु वितरण, रानी मौरी उत्पादन उपकरणहरु वितरण, महको ब्राण्डिङ्ग, स्थलगत प्राविधिक सेवालगायतका कार्यक्रम संचालन हुनेछन् । कोभिड १९ का कारण पालिका स्तरमा सूचिकृत कृषकहरुको छुट्टाछुट्टै भेला गरी मुख्य साधारणसभामा सानो संख्यामा प्रतिनिधीमुलक भेला आयोजना गरिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt