• देव आदर्श सहकारीद्धारा उपचारमा सहयोग रकम हस्तान्तरण


    भरतपुर/गीतानगर स्थित देव आदर्श वचत तथा ऋण सहरकारी सस्थाले क्यान्सरको उपचाररत विरामीलाई आर्थिक सहयोग गरेको छ । पुर्वी चितवन खैरहनी स्थित चैनपुर–२, ज्यामिरे घर भएका बर्ष ३४ का गौतम अधिकारीको उपचारमा सहयोगका लागि संकलन गरिएको ५ हजार ५ सय रुपैया हस्तान्तरण गरिएको हो ।
    देव आदर्श वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष ध्रुवराज मिश्रले सहकारीको पहलमा संकलन भएको रकम एक कार्यक्रमका विच विरामीको आफन्तलाई हस्तान्तरण गर्नु भएको हो । सहकारीको संचालक समिति, सल्लाहकार, कर्मचारी र साधारण सदस्यवाट उक्त रकम संकलन गरिएको हो ।
    अधिकारी एक बर्ष अघि देखि पेटको पित्तथैलीको क्यान्सर पीडित भै काठमाडौंमा उपचार गराउनु भएको थियो । भने जस्तो उपचार नपाएर समस्या देखिन थालेपछि थप उपचारका लागि डाक्टरको सल्लाह बमोजिम दिल्लीको सिके विर्ला हस्पिटलमा जानु भएका उहाँको हाल सोहि अस्पतालमा उपचार भइरहेको छ ।
    उपचारका क्रममा काठमाडौमा नै ठूलो धनराशि खर्च भइसकेको र दिल्ली गएर उपचार गराउन अझै ठूलो रकम संकलन गर्नुपर्ने भएको र आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोग गर्ने उदेश्यले रकम संकलन गरि हस्तान्तरण गरिएको अध्यक्ष मिश्रले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt