महिलाहरुको स्तन तथा पाठेघर क्यान्सर जाँच एवं सचेतना कार्यक्रम


भरतपुर/नेपाल अर्वुद रोग निवारण संस्था, चितवन शाखा तथा वि.पि. कोईराला मेमोरीयल क्यान्सर अस्पताल, भरतपुरको संयुक्त आयोजनामा र रोटरी क्लव अफ भरतपुर को सह–आयोजनामा महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सर जाँच एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ । भरतपुर ३, वारहघरे दुर्गा भगवती मन्दीर परिसरमा भौतिक दुरी तथा स्वास्थ्य मापदण्ड पालना गरी आयोजना गरिएको कार्यक्रम नेपाल अर्वुद रोग निवारण संस्था, चितवन शाखाका सभापति गोविन्द प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
भरतपुर महानगरपालिका वडा नं. ३ का अध्यक्ष एवम् संस्थाका आजिवन सदस्य चन्द्रमित्र पण्डित प्रमुख अतिथी रहनु भएको कार्यक्रममा वि.पि. कोईराला मेमोरीयल क्यान्सर अस्पताल, भरतपुरका उप कार्यकारी निर्देशक डा. कृष्ण सागर शर्मा, नेपाल अर्वुद रोग निवारण संस्थाका केन्द्रिय उप महासचिव वद्रि नाथ पोखरेल, नेपाल अर्वुद रोग निवारण संस्था, चितवन शाखाका निवर्तमान सभापति दिनेश कुमार चुके र रोटरी क्लव अफ भरतपुरका अध्यक्ष एवम् पुर्व कोषाध्यक्ष राजेन्द्र कुमार पिया विशिष्ट अतिथि रहनु भएको थियो ।
नेपाल अर्वुद रोग निवारण संस्था, चितवन शाखाका पुर्व कार्य समिति सदस्य प्रजापति सापकोटाले संयोजन गर्नुभएको सो कार्यक्रम शाखाका सचिव कृष्णहरी तिमल्सेनाले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथिहरुले क्यान्सर रोग र त्यसको रोकथाम सम्वन्धि जनचेतना वारेमा प्रष्ट पार्नुभएको थियो । वि.पि. कोईराला मेमोरीयल क्यान्सर अस्पताल, भरतपुरका डा. अस्मिता राणा, मञ्जु शर्मा लगायतका टिमले स्तन तथा पाठेघर मुखको क्यान्सर सम्वन्धि सचेतना विषयमा प्रशिक्षण दिदै करिव ४० जना स्थानीय महिलाहरुको पाठेघर मुखको क्यान्सर जाँच र ३६ जना महिलाहरुले स्तन क्यान्सर परिक्षण गर्नुभएको थियो ।
संस्थाका उप सभापति दिपक कुमार रानाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा कार्यसमिति कोषाध्यक्ष गाविन्द सुवेदि, सह–सचिव रोशन थापा, सह–कोषाध्यक्ष निस्ता खांड, सदस्य शारदा शर्मा पौडेल, राममाया पिया, रोटरी क्लवका प्रतिनिधिहरु डा. आई.पि. ढकाल, विमल क्षेत्रीलगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार