• रोटरी क्लव अफ चितवनको आयोजनामा रक्तदान


    भरतपुर/रोटरी क्लव अफ चितवनले कोरोना संक्रमणको कारण जिल्लामा भएको रगत अभाव नियन्त्रण गर्ने अभियान चलाएको छ । मेडिकल सिटीको रुपमा विकसित चितवनमा रगतको अभावले गर्दा कोहि कसैले पनि ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिन रक्तदान अभियान चलाईएको रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो ।
    चितवनमा अन्य छिमेकी जिल्लाका विरामहरु पनि उपचारको लागि आउने र कोरोना संक्रमणको कारण रगतको माग वढेको हुँदा रगत अभावको अवस्था देखिएको छ । संक्रमणको अवस्थामा रगत वढि चाहिने तर रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव देखिएको रक्तसंचार केन्द्र भरतपुरले जनाएको छ ।
    रगत अभाव देखिएसंगै रक्तसंचार केन्द्रले रक्तदान कार्यक्रम संचालन गर्न विभिन्न संघसस्थाहरुलाई आव्हान गरेसंगै आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय ११ पोका रगत संकलन भएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । रोटरी क्लव अफ चितवनको आयोजनामा भएको रक्तदान कार्यक्रमले थोरै भएपनि रगत अभावको समस्या हल गर्न सहयोग गर्ने अध्यक्ष शाक्यको भनाई थियो । कार्यक्रममा रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष रविन्द्र कुमार पिया प्रमुख अतिथी रहनु भएको थियो भने रक्तदाता ध्रुवराज थपलिया विशेष अतिथी रहनु भएको थियो ।
    रोटरी क्लव अफ चितवन, स्पाउस क्लव अफ आरसी चितवन र नविल बैंकको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा रोटरी क्लव अफ चितवनका निवर्तमान अध्यक्ष राजन पिया, निर्वाचित अध्यक्ष दिपक प्रधान, सचिव गोपाल भट्टराई, सहसचिव गोपाल गैरे, डाइरेक्टर पुरन सुवेदी, सर्जेन्ट एट आर्मस जनक कुमार ढकाल, इडिटर रोशन खरेल, पुर्व अध्यक्ष महेन्द्रलाल प्रधान, प्रचण्डलाल प्रधान, कल्याण जोशी, रमेश कुमार पिया, उत्तमलाल चुके, दिलिप पिया, टिकाराम कँडेल, स्पाउस क्लव अफ आरसी चितवनका अध्यक्ष कविता चुके, नविल वैक नारायणगढकी शाखा प्रमुख परीक्षा पोखरेललगायतको सहभागिता रहेको थियो । कार्यक्रम रोटरी क्लव अफ चितवनका सदस्य मनोज वर्णवालको संयोजकत्वमा सम्पन्न भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt