मावि गंगानगरलाई कक्षा ११ संचालनको अनुमती


भरतपुर/भरतपुर १३ स्थित माध्यमिक विद्यालय गंगानगरले कक्षा ११ अध्यापनको अनुमती पाएको छ । भरतपुर महानगरपालिका शिक्षा समितिको बिहीबार सम्पन्न वैठकले माध्यमिक विद्यालय गंगानगरलाई कक्षा ११ संचालनको अनुमति दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप सुवेदीले जानकारी दिनुभयो ।
कक्षा ११ संचालनको अनुमति पाएसंगै विद्यालयमा होटल म्यानेजमेष्ट सहित नेपाली, अंग्रेजी, गणित, स्वास्थ्य लगायतको विषय पढाई हुने अध्यक्ष सुवेदीले वताउनु भयो । होटल म्यानेजमेन्ट तथा अन्य सम्पुर्ण बिषय पढाउन पाउने सम्बधन पाएपछि सो क्षेत्रका स्थानीयले गाउँमै प्रविधिक शिक्षा पाउने भएका छन् ।
गाउँमै प्राविधिक सहितको माध्यमिक स्तरीय शिक्षा पाउने भएपछि सो क्षेत्रका विद्यार्थीहरुले अध्यायनको लागि अन्यत्र जानुपर्ने वाध्यता हटेको अध्यक्ष सुवेदीको भनाई थियो । गाउँमा कक्षा ११ को पढाई हुने भएपछि स्थानीयले खुसि व्यक्त गरेका छन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार